अनिल मुख्य सहायक प्रशिक्षक

काठमाडौं, चैत २१ । अन्तर्राष्ट्रिय फेडरेसन अफ कराते (क्योकुसिन) एसोसिएसन नेपालले अनिल श्रेष्ठलाई मुख्य सहायक प्रशिक्षकको जिम्मेवारी दिएको छ । संघका ब्रान्च चिफ गणेशलाल कक्षपतिले अनिललाई एक कार्यक्रमबीच पत्र हस्तान्तरण गरे ।
अनिलले आफूलाई विश्वास गरी जिम्मेवारी दिएकोमा संघलाई धन्यवाद दिदै पाएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए । उनले खेलाडी उत्पादनमा विशेष ध्यान दिने बताए ।