Logo

कांग्रेस महामन्त्रीद्धय थापा र शर्मा को डा स्वर्णिम वाग्ले लाई झटारो तनहुँमा टुरिष्टलाई स्थान छैन



काठमाण्डौं,चैत २० । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तनहुँ–१ मा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई निर्वाचित हुने दाबी गरेका छन् । कांग्रेसले भट्टराईलाई जिताएर पठाउनेमा आफू ढुक्क रहेको थापाको भनाई छ । उनले सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका डा. स्वर्णिम वाग्लेको भने आलोचना गरेका छन् ।

थापाले वाग्लेलाई तनहुँवासीले किन मत हाल्ने भनेर प्रश्न समेत गरे । भट्टराईको उम्मेदवारी दर्ताको लागि तनहुँ पुगेका थापाले भने, ‘यहाँ घुम्दाघुम्दै आउने टुरिष्ट उम्मेदवारलाई यो पटक तपाईंहरूले भन्नुपर्छ तनहुँको निर्वाचन क्षेत्र अरू ठाउँजस्तो होइन । यहाँको कांग्रेस भनेको चोकमा राखेको मादलजस्तो होइन, जसले आयो त्यसले बजाउँदै हिँड्ने । यहाँको कांग्रेसको साथीहरुले बताउनुपर्छ ।’ उनले आफूहरु पनि पार्टीमा दुःख र संघर्ष गरेरै यहाँसम्म आएको बताए ।

थापाले पार्टीभित्र आफूहरु पनि लडिरहेको स्मरण गराए । उनले आफूहरुले कांग्रेसलाई बदल्ने अठोट सुनाए । सम्बोधनको क्रममा थापाले भने, ‘पार्टीमा दुख छ, संघर्ष छ। पार्टीभित्र दुख हामीले पनि गरेर आएका हौं । पार्टीभित्र संघर्ष हामीले पनि गरिरहेका छौं । तनहुँको साथीहरुलाई जति अरु कसलाई थाहा होला। हामी पनि लागिरहेका छौं । कति पुराना नेताहरु हुनुहुन्छ कति नयाँ नेता हुनुहुन्छ पार्टीभित्रको संघर्षबाट खारिएर निकाल्छौं हामी ।’ त्यस्तै अर्का महामन्त्री विश्व प्रकाश शर्माले पनि डा वाग्ले प्रती लक्षित गर्दै भने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले डा. स्वर्णिम वाग्लेले कांग्रेसमाथि आलोचना नगरेको भन्दै आपत्ति जनाएका छन् । आज (सोमबार) चितवन क्षेत्र नं– २ को चुनावी सभालाई सम्बोधन गर्दै उनले स्वर्णिमलाई पालो आउँछ भन्दै गर्दा कांग्रेसकै आलोचना गरेर हिँडेको आरोप लगाएका हुन् ।

‘उहाँसँग कविता भन्ने क्षमता रहेछ कांग्रेसले मञ्च दियो । गीत गाउने क्षमता पनि रहेछ, कांग्रेसले गीत गाउन दियो । उहाँले नाच्न पनि आउँछ भन्नुभयो । पालो विस्तारै आउँछ भन्दाखेरी कांग्रेसमाथि उहाँले आलोचना गर्नु भएको छ,’– उनले भने ।

कांग्रेसले अवसर दिएन भन्ने स्वर्णिमले योजना आयोगको उपाध्यक्षमा शेरबहादुर देउवाले नियुक्ति दिएको विर्सन नहुने उनको भनाई छ । साथै, कांग्रेसमा शेरबहादुर र आर्जुको विरोध गर्ने स्वतन्त्रता रहकोसमेत उनले बताए ।

‘शेरबहादुर देउवाको आलोचना गर्न पाइन्छ । उहाँको श्रीमतीको पनि आलोचना गर्न पाइन्छ । नेपाली कांग्रेसले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाउँदै गर्दा र आज कांग्रेसले अवसर दिएन भन्ने मित्रले के बिर्सिनुहुन्न भने उनै शेरबहादुर देउवाले नियुक्त गर्नुभएको थियो राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा,’– उनले भने ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता