Logo

सुनसरीको इनरुवा पुगेर गार्जिए पुर्व राजा



इनरुहावा,चैत २० । पूर्वराजा ज्ञानेन्द्र शाहले लोभ देखाएर सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको बताएका छन् । सुनसरीको इनरुवा नागरिक अभिनन्दनका क्रममा उनले राज्यमा शान्ति र अनुशासन चाहिने बताए ।

‘स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासन बिना हुन सक्दैन, कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभ्याएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ’, उनले भने, ‘परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खदिलो परिणाम दिदैन ।’

उनले नेपालको राष्ट्रियता र एकता रक्षा गर्न आवश्यक रहेको बताए । ‘राष्ट्रियता र राष्ट्र एकताको रक्षा गर्नुछ, हामीले हाम्रो राष्ट्रिय स्वाभिमान, अखण्डता तथा सार्वभौमिक स्वतन्त्रता जोगाउनु छ, शान्ति, सुव्यवस्था र सुशासनका माध्यमबाट चौतर्फी विकासको बाटो लाग्नु छ’, उनले भने, ‘आफ्नो भूभागका जनता नै हाम्रा विधाता हुन्, यही प्रकृति र यिनै प्राणीको बोध गर्नु नै हाम्रो अहं धर्म हो ।’

पूर्वराजा शाहले अगाडि भने, ‘त्यसैले व्यक्ति, परिवार, समूह, दल वा गुट उपगुटमा अल्झिएर होइन अब हामीले हामी र हाम्रो भन्ने सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता