Logo

कांग्रेसबाट उपसभापति खड्का उपप्रधानसहित रक्षा मन्त्री बन्दै



काठमाण्डौं,चैत १५ । नेपाली कांग्रेसबाट मन्त्रिपरिषद्‍मा पार्टी उपसभापति पूर्णबहादुर खड्का सहभागी हुने भएका छन्।

कांग्रेसबाट सरकारको नेतृत्व गर्दै खड्का पहिलो चरणमा उपप्रधानमन्त्रीसहित रक्षा मन्त्री बन्ने निश्चित भएका हुन्।

कांग्रेसले मन्त्रिपरिषद्‍मा अर्थ, परराष्ट्र, रक्षा, स्वास्थ्य, उद्योग, भूमि व्यवस्था र महिला तथा बालबालिका मन्त्रालय पाउने सम्भावना रहेको छ।

यस्तै, आज नै एकीकृत समाजवादीले पनि पहिलो चरणमा सरकारमा पार्टीका उपमहासचिव प्रकाश ज्वालालाई पठाउने निर्णय गरेको छ।

प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनका ९ दलसँग पहिलो चरणमा मन्त्रिपरिषद्‍ विस्तारका लागि १/१ जनाको नाम मागेका छन्।

सम्भवत् प्रधानमन्त्री दाहालले आजै पहिलो चरणका मन्त्रीहरुलाई शपथ खुवाउने तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता