Logo

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले शुक्रबार विश्वासको मत लिने



सुर्खेत,चैत १५ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री शर्माले प्रदेशसभा सचिवालयलाई शुक्रबार विश्वासको मत प्रयोजनका लागि आवश्यक व्यवस्थापन गरिदिन आग्रह गर्दै बुधबार पत्र पठाएका छन् ।
‘नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम मैले मलाई प्रदेश सभामा विश्वास छ भन्ने कुरा स्पष्ट पार्न आवश्यक ठानेकोले आवश्यक व्यवस्था मिलाई दिन अनुरोध गर्दछु’ मुख्यमन्त्री शर्माले प्रदेश सभा सचिवालयलाई पठाएको पत्रमा भनिएको छ ।

प्रदेश सभा प्रमुख सचिव जिवराज बुढाथोकीले शुक्रबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिनेगरी व्यवस्थापन भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता