Logo

मन्त्रालयको भागबन्डा नमिल्दा गठबन्धनका दलहरुको किचलो शुरु



काठमाण्डौं,चैत १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत चैत्र छ गते प्रतिनिधि सभाबाट दोस्रो पटक विश्वासको मत लिएपनि अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा सरकारबाट बाहिरिएसँग लामो समयदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अहिले १६ वटा मन्त्रालय रहेका छन् ।
लामो समयदेखि प्रधानमन्त्री प्रचण्डसँग १६ वटा मन्त्रालयको बोझ रहँदा मन्त्रालयको दैनिक काम कारबाही नै प्रभावित भएको छ । मन्त्रिपरिषद् विस्तारका लागि नेपाली कांग्रेससहितको १० दलीय सत्ता गठबन्धनमा पटक–पटक छलफल भएपनि दलहरुले मन्त्रालय संख्या भन्दा बढी दाबी गरिरहँदा गठबन्धन निष्कर्षमा पुग्न सकेको छैन ।

मन्त्रालयको भागबण्डालाई अन्तिम निष्कर्षमा पुर्याउने भनी हिजो (मंगलबार) १० दलीय गठबन्धनको बैठक बसेपनि उक्त बैठक निष्कर्षविहीन बनेको थियो । पुनः आज पनि सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको छ । गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेसले ९, जनता समाजवादीले ३, नेकपा (एकीकृत समाजवादी) ले ३, राष्ट्रिय स्वतन्त्र पार्टी ३, लोकतान्त्रिक समाजवादीले २, जनमत पार्टीले २, नागरिक उम्मुक्ति पार्टीले २ मन्त्रालयमा दाबी गरिरहेका छन् ।

साथै, अहिले नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्रीसहित ५ मन्त्रालयमा नेतृत्व गरिरहेको छ । र जनमतबाट १ जना मन्त्री रहेका छन् । अहिले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिमण्डल ६ सदस्यीय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता