Logo

युवा मुक्केबाजहरु विशेष प्रशिक्षणका लागि भारत प्रस्थान 



ललितपुर,चैत ११ । भारतीय बक्सिङ संघकाे आयाेजनामा यही २०२३ मार्च २५ देखि अप्रिल ६ तारिख सम्म भारतकाे राेतक शहर हरियानामा शुरुहुन गईरहेकाे बहुराष्ट्रिय बक्सिङ प्रशिक्षण शिबिरमा सहभागी हुन नेपाली युवा मुक्केबाजहरु भारत प्रस्थान गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले युवा मुक्केबाजहरु वाङ्दि छिरिङ शेर्पा, रिजन गुरुङ, आयुस थापा, प्रवल उप्रेती, राेशन ठाकुरलाई खादामाला लगाई यात्रा सफलता सहित राम्राे प्रशिक्षण लिनका लागि शुभकामना दिनुभएका थियाे ।
सदस्य सचिव घिसिङले युवा खेलाडीहरु यसरी खेलकुदमा देखा पर्दा आफू पनि युवा नै रहेकाे र  आफुमा अझ बढि जाेसजाँगर पैदाहुने बताए । उहाँले  खेलाडीहरुले स्फुर्तरुपमा खेल खेल्न पाउने वातावरण बनाउन संघ, परिषद र सरकार कामदारकाे भुमिकामा रहेकाेले खेलाडीले आफ्नाे ध्यान आकर्ष गराई हामीलाई पछि-पछि दाैडिने वातावरण बनाउन युवा खेलाडीहरुलाई हाैसल प्रदान गर्नुभएका थियाे ।
नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेकाे अध्यक्षतामा आयाेजित खेलाडी बिदाई कार्यक्रममा सदस्य सचिव घिसिङले बक्सिङ खेलले एक पछि अर्काे सफलता हासिल गर्दै अगाडि बढेकाे र बक्सिङ प्रशिक्षणकाे लागि अतिआबश्यबक अन्तर्राष्ट्रिय स्तरकाे बक्सिङ कभर्डहल निर्माणमा आफ्नाे चासाे र चिन्ता भएकै कारण डिपिआर गर्न आबश्यक जनशक्ति परिचालन गरेकाे र आगामी वर्ष बजेट समेत बिनियाेजन गर्ने बताउनु भयाे ।
सन् २००४ र २००५ मा जन्म भएका उदयमान युवा खेलाडीहरुकाे लागि तयार पारिएकाे उक्त बिशेश बक्सिङ प्रशिक्षणमा नेपाल लगाएत अन्य थुप्रै राष्ट्रहरुकाे सहभागीता रहने छ । उक्त प्रशिक्षण शिबिरलाई  नेपाल बक्सिङ संघले एएसबिसी यूथ मेन एण्ड उमन्स बक्सिङ च्याम्पियनसिपकाे तयारीकाे रुपमा राखेकाे बताएकाे छ ।
 उक्त शिबिरमा एएसबिसी जुनियर बक्सिङ च्याम्पियनसिपमा काँस्य पदक विजेता तथा राष्ट्रिय खेलकुद परिषदद्वारा प्रदान गरिएकाे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी पुरस्कार -२०७८ काे पुरस्कार (नगद एक लाख पचास हजार) विजेता वाङ्दि छिरिङ शेर्पा (टाेलि नेता) सहित प्रदेश खेलकुद विकास परिषद, बागमती प्रदेश र मकवानपुर जिल्ला बक्सिङ संघकाे आयाेजनामा भर्खरै सम्पन्न अल नेपाल नाेभिस बक्सिङ प्रतियोगिता -२०७९ मा स्वर्ण पदक विजेता खेलाडीहरु प्रबल उप्रेती र आयुस थापा सहित रिजन गुरुङ, राेशन ठाकुर र बरिस्ठ बक्सिङ प्रशिक्षक ओलम्पियन डम्बर दत्त भट्ट सहभागी रहेकाछन् ।
खेलाडी बिदाई कार्यक्रममा संघका उपाध्यक्ष किरण बहादुर श्रेष्ठ, सदस्यहरु मान बहादुर भण्डारी, श्यामकाजी अवाले, आईटिओ पुष्करराज पन्त, प्रदेश खेलकुद विकास परिषद, बागमती प्रदेशका बाेर्ड सदस्य तथा आईबा टु स्टार रेफ्री/जज धनकुमार मैनाली लगाएत खेलप्रेमी महानुभावहरुकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता