Logo

स्वस्तिश्री गुरुकुलको रोड रेस



काठमाडौं, फागुन २७ गते । काठमाण्डौंको सानो भर्याङमा अवस्थित स्वस्तिश्री गुरुकुल आई. वी. वल्र्ड स्कूलले खेलप्रेमी विद्यार्थीहरुका लागि खेलकुदप्रति बढी आकर्षित अनि दक्ष बनाउने उद्देश्य राखेर ‘‘रन फर नेसनलपिस’’ को नाराका साथ रोड रेस– २०७९ विशेष कार्यक्रम गरेर सम्पन्न गरेको छ ।
खेलाडीहरुलाई जुम्बा, वार्मिङ अप गराइ विहान ८ः०५ बजे रोड रेसको उद्घाटन प्रमुख अतिथि नेपाली खेलकुद इतिहासकै विशिष्ट व्यक्तित्व श्री वैकुण्ठ मानन्धरज्यूले रिवन काटेर गर्नु भएको थियो । उक्त दौड प्रतियोगितामा करिब २४६ जना छात्र-छात्रा खेलाडीहरुले विभिन्न विद्यालय तथा संथाहरुको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए ।

उक्त प्रतियोगिताको समापन भव्य कार्यक्रमका बिच गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथिको आतिथ्यता ओलम्पीयन पूर्व धावक वैकुण्ठ मानन्धरले गर्नु भएको त्यस कार्यक्रममा विशेष अतिथिको रुपमा नागार्जुन नगरपालिका वडा नं.२ का वडा अध्यक्ष थुमराज के सी, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, प्याव्सनका अध्यक्ष डि. के. ढुङ्गाना, एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्री, म्याराथन धावक रामकृष्ण महर्जन, युवराज सुनुवार, वुद्धवीर लामा, विद्यालयका फुटवल एम्ब्यासडर अनिल गुरुङ्, नेपाल प्रहरी र ट्राफिक प्रहरीका अफिसरहरुको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता वाग्मती प्रदेशका माननीय सांसद् तथा स्कुलका संस्थापक अध्यक्ष श्री रामकृष्ण चित्रकारले गर्नु भएको थियो । उपस्थित प्रमुख अतिथिलगायत सम्पूर्ण अतिथिहरुलाई विद्यालयकी प्रिन्सिपल नेहा केसीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

प्रतियोगिता सोह्र वर्ष मुनीका छात्र र छात्राको दुई समुहमा गरिएको थियो । छात्रतर्फ पाँच किलोमिटर र छात्रातर्फ तीन किलोमिटरको दुरी कायम गरिएको प्रतियोगितामा छात्रतर्फ हिमालअधिकारीले १९ः०५ः०१ मिनेटमा तोकिएको दुरी पार गरी प्रथम स्थान हासिल गर्न सफल भएका थिए भने दोस्रो स्थान १९ः५६ः९९ मिनेटमा पार गरी दिपेन्द्र बोहोराले प्राप्त गरेका थिए । त्यसैगरी सनम शर्पाले २०ः०४ः२३ मिनेटमा तोकिएको दुरी पार गरी तेस्रो स्थान हासिल गर्न सफल भएका थिए । छात्रातर्फ विमला कार्कीले १५ः०९ मिनेटमा तोकिएको दुरी पार गरी प्रथम स्थान हासिल गर्न सफल भएकी थिइन् भने दोस्रो स्थान १५ः१० मिनेटमा पार गरी डोमा बूढाले प्राप्त गरेकी थिइन् । त्यसैगरी ओहाना कार्र्कीले १५ः२५ मिनेटमा तोकिएको दुरी पार गरी तेस्रो स्थान हासिल गर्न सफल भएकी थिइन् भने सान्त्वना पुरस्कार चाँैथो देखि दशौँ स्थान प्राप्त गर्ने छात्रहरु क्रमशः बादलकार्की, हस्त सुनार, चक्का रोकाय, रोहितबोटे, गौतम राई, सुजल स्याङ्तान र रोशन श्रेष्ठ रहेका थिए ।

त्यसगैरी छात्रातर्फ क्रमशः अनुसिया तण्डुकार, आइस्मा आचार्य, अस्मिता थापा, आयुशा राई, भावना नाथ, मनिता लामा र मीना घर्ती मगर थिए । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र दशौँ स्थानसम्म प्रप्त गर्ने छात्र÷छात्राहरुलाई पुरस्कार स्वरुप मेडल, ट्रफी र प्रमाण पत्रका साथ नगद क्रमशः रु २५०००, २००००, १५००० र ५००० प्रदान गएिको थियो । प्रतियोगिताको समापन समारोहमा बोल्दै प्रमुख अतिथिले विद्यार्थीहरुको सम्पूर्ण विकासमा खेलकुदका साथै वातावरणले महत्वपूर्ण भूमिका राख्दछ । बाहिरी वातावरण स्वच्छ र सफा राख्ने काममा विद्यार्थीहरुको ध्यान जान जरुरी छ भन्नुभयो । विशेष अथिति वडा अध्यक्षले विद्यालयका कार्यक्रमहरु अत्यन्तै प्रभावकारी रहेको पाइएको छ यस्ता कार्यक्रमलाई वडाले सदा सहयोग गर्न तत्पर रहेको कुरा बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथिलाई नेपालको खेलकुद क्षेत्रमा उल्लेख्य रुपमा पु¥याउँदै आउनुभएको योगदान र हासिल गर्नु भएको राष्ट्रिय तथा अन्तराष्ट्रिय कीर्तिमानको कदर गर्दै कार्यक्रमका अध्यक्षले नगद सहितको प्रशंसा पत्र प्रदान गरी सम्मान गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि महानुभावहरुलाई विद्यालयकी प्रबन्ध निर्देशक मीना महर्जन चित्रकारले मायाको चिनो प्रदान गर्नुभएको थियो । सो कार्यक्रम विद्यालयाका छात्र छात्राद्वय सम्मान के. सी. र इसाम्भी पाण्डेले सञ्चालन गरेको कुरा विद्यालयका इसिए कोअर्डिनेटर राकेश कुमार राईले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता