Logo

एन एन्ड जे इन्टरटेनमेन्ट एन वाइ इन्कले थप्यो पुरस्कारको धनराशी



काठमाण्डौं,फागुन २७ । एन एन्ड जे इन्टरटेनमेन्ट एन वाइ इन्कले पुरस्कारको धनराशी थपेको छ । शुक्रबार संस्थाकी संरक्षक कमला प्रसाईं ले सामाजिक संजाल मार्फत एक सुचना जारी गर्दै पछील्लो समय दिंइदै आएको २ लाख ५० हजार राखिएको धनराशीलाई बढाएर ३ लाख पुर्याइएको बताउनु भएको छ ।

देश बिदेशमा विभिन्न क्षेत्रमा काम गरेका दक्ष र योग्य ब्यक्तिलाई अर्को बर्षको लागि फेरि छान्ने प्रक्रिया शुरु गर्न र यसका लागि ५ जना निर्णायकको छिट्टै तयार पारीने संरक्षक प्रसाईंले जानकारी गराउनु भयो ।

पत्रकारिता,साहित्य,कला,संगीत र युवासशक्तिकरण योगदान दिएका ब्यक्तीहरुलाई बिभिन्न बिधामा दुई दुई बर्षमा बितरण गरिने गरिन्छ ।

१)पत्रकारिता क्षेत्र २) साहित्य, संगित, कलकारिता क्षेत्र ३) सामाजिक क्षेत्र र ४ युवा सशक्तिकरण सम्बन्धि पुरस्कार शिर्षक रहेका छन । धनराशी बढाए सँगै यस् पुरस्कारको गरिमा अझ ओझपूर्ण हुने देखिन्छ ।

पुरस्कार बितरण प्रज्ञा प्रतिष्ठान नेपालको सभा हलमा गरिने पनि प्रसाईले जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता