Logo

भुटानी सरणार्थीको कथामा ‘सम्हालिएको जाती’, निर्माण युनिटले लाखमानलाई गर्यो सम्मान



इटहरी/ निर्माणको अन्तिम चरणमा पुगेको फिल्म ‘सम्हालिएको जाती’ को इटहरीमा पत्रकार सम्मेलन गरिएको छ । भुटानी सरणार्थीहरुको कथामा तयार हुँदै गरेको फिल्मको अमेरिकामा ७० प्रतिशत छायांकन सम्पन्न भैसकेको छ भने अब बाकी ३० प्रतिशत छायांकन नेपालमा हुने पत्रकार सम्मेलनमा बताईएको छ । इटहरीमा अवस्थित डिथ्री अनलाइनको सभाहलमा आयोजना गरिएको सम्मेलनमा फिल्मका तर्फबाट निर्माता दिपक परियार, अभिनेता विक्रम विश्व र निर्देशक सन्तोष रामदामको उपस्थिति रहेको थियो ।

यस्तै पत्रकार सम्मेलनकै क्रममा लामो समयदेखी इटहरीबाट निर्माता, लेखक तथा निर्देशकको रुपमा अनुभव बटुल्दै फिल्म उधोगमा यहि ठाउँबाट योगदान पुर्याएको भन्दै फिल्म युनिटले कोशी भिजन फिल्मसका प्रबन्ध निर्देशक समेत रहेका लाखमान योन्जत तामाङलाई सम्मान समेत गरेको छ । तामाङसंग ३४ वर्षपछीको भेट भएको भन्दै फिल्मका निर्देशक रामदामले खुशी ब्यक्त गरे । वहाँको यो प्रगती र अनुभवलाई सम्मान गर्न पाउँदा र पुनः सहकार्य गर्ने अवसर जुरेको रामदामले बताए ।

‘सम्हालिएको जाती’ फिल्मको नेपालमा हुने छायांकनको जिम्मेवारी पनि कोशी भिजनले नै पाएको छ । झापाको शरणार्थी शिविर तथा बिराटनगर एयरपोर्ट लगायत कोशी प्रदेशका विभिन्न ठाउमा यो फिल्मको छायांकन हुनेछ । फिल्ममा कलाकार बुद्धि तामाङको पनि विशेष भुमिका रहने जनाईएको छ । छायांकनको लागि उनको केहिदिन पछि उपस्थिति रहने पत्रकार सम्मेलनमा बताईयो । फिल्मको गीतमा लोकप्रिय गायिका अन्जु पन्त तथा अन्य गायक गायिकाहरुको स्वर रहने बताइएको छ । झन्डै १ करोड लागतमा बन्ने फिल्मलाई नेपाल, अमेरिका लगायत विश्वभर रिलिज गर्ने निर्माण युनिटको योजना रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता