Logo

चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समिर बलामी बिजयी



काठमाण्डौं,फागुन १८ ।चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समिर बलामी निर्वाचित भएका छन । बुधवार काठमाण्डौमा २३औं साधारण सभा र ९ औं महाधिवेशनबाट उनका प्रतिद्वन्दी राजन घिमिरेलाई १८ मतले हराउँदै बलामी बिजयी भएका हुन । राजन घिमिरेले ६५ मत पाए भने समिर बलामीले ८३ मत प्राप्त गरेका थिए ।

त्यसैगरी महिला उपाध्यक्षमा सुरक्षा भट्टराई,उपाध्यक्ष (कार्यक्रम) कुबेर गिरी,उपाध्यक्ष बिजय सुबेदी (आवाज),महासचिवमा रघुनाथ सापकोटा,सचिवमा नबिन गिरी,समावेसी सचिवमा उद्धव रसाइली,कोषाध्यक्ष मनिष कार्की बिजयी भएका छन ।

त्यस्तै सहकोषाध्यक्ष मनिष अन्जान निर्बिरोध,निर्वाचित भए । सदस्यहरुमा मोहम्मद जालिम(समावेसी),महिला सदस्य सुश्मा श्री कार्की,कृष्ण पाण्डे,अनुप भट्टराई,निशा बजगाई,अर्जुन गुरागाई,सीपी जैशी र सुरेन्द्र थापा बिजयी भएका छन ।

महाधिवेशनमा जिल्ला शाखा कास्की,दाङ्ग,बाँके,पर्सा,मकवानपुर ,रुपन्देही,सुनसरी,चितवनबाट आएका प्रतिनिधि गरि १६३ जनाको नामावली रहे पनि १५२ जनाले मात्र मतदानमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता