Logo

विधानको मस्यौदामाथि सुझाव संकलनमा व्यस्त जसपा



काठमाण्डौं,फागुन १३ । जनता समाजवादी पार्टी, नेपालले विधानको मस्यौदाबारे पार्टी संरचनाभित्र छलफल र सुझाव संकलनको कार्यलाई तिव्रता दिएको छ ।
शुक्रबार पार्टी कार्यालयमा विधान मस्यौदा समितिले संगठनको प्रारुपबारे छलफल गरेको छ । पहिचानमा आधारित (१०+१) राष्ट्रिय समिति र विद्यमान सात प्रदेशबीचको अधिकार क्षेत्रका बारेमा आजको छलफल केन्द्रित रह्यो ।

सांगठनिक संरचनाबारे केन्द्रित छलफलमा पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राई, कार्यकारिणी समिति सदस्यहरु रकम चेम्जोङ, रणध्वज कन्दङ्वा, शिबलाल थापा, सुशीला श्रेष्ठ लगायतका नेता, कार्यकर्ताहरुको उपस्थिति थियो ।विधान अधिवेशन चैत्र २७, २८ र २९ गते काठमाण्डौमा गने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता