बूढानीलकण्ठलाई काष्ठमण्डप कप

काठमाण्डौ,फागुन १३ । बूढानीलकण्ठले छैटौं काष्ठमण्डप कप थ्री बाइ थ्री अन्तर ए लेभल छात्र बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार उपाधि जितेको छ । मण्डिखटारस्थित आयोजक काष्ठमण्डप ए लेभल एकेडेमीको कोर्टमा भएको फाइनलमा बूढानीलकण्ठले नामीलाई २०–१५ ले पराजित ग¥यो । विजयी टिमका लागि अर्चित थापाले सर्वाधिक ९ स्कोर गरे । अर्चित नै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
शुक्रबार भएको सेमिफाइनलमा बूढानीलकण्ठले काष्ठमण्डपलाई १७–११ तथा नामीले साइपाललाई २०–१७ ले हराउदै उपाधि भिडन्त पक्का गरेका थिए ।
विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, काष्ठमण्डपकी संस्थापक निर्देशक एवं प्रिन्सिपल डा. शिवा थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा ११ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको काष्ठमण्डपका इसीए को–ओर्डिनेटर सुन्दर बुढाथोकीले जनाएका छन् ।