Logo

क्रिकेट टोलीको बिदाई



काठमाडौं, फागुन ११ गते । दुबइ अन्तर्राष्ट्रिय रंगशालामा हुने आईसीसी क्रिकेट विश्व कप लिग टु खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिहीबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच टोलीलाई बिदाइ गरे । सोही अवसरमा लिग टु अन्तर्गतनै कीर्तिपुरमा नेपाल, स्कटल्यान्ड र नामिबियाबीच भएको खेलमा शत प्रतिशत जित निकालेको नेपाली टोलीलाई बधाइ पनि दिइएको थियो ।

फागुन १५ देखि २२ गतेसम्म हुने प्रतियोगिताका लागि नेपाली टोली शनिबार युएइ प्रस्थान गर्दै । नेपालले त्यहाँ युएइ र पपुवान्युगिनी विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले क्रिकेटले हासिल गरेको सफलता खेलाडीका लागि गौरवको कुरा त हुँदै हो भन्दै सम्पूर्ण खेलाडी, आम जनता र सिंगो राष्ट्रका निम्ति पनि गर्वको कुरा भएको बताए । उनले खेल क्षेत्र शारीरिक तन्दुरुस्ती र मानसिक स्वास्थका निम्ति मात्र नभइ राष्ट्रको प्रतिष्ठा, देशको समग्र अर्थतन्त्र, कुटनीति क्षेत्रका निम्ति पनि खेल क्षेत्रको भूमिका निकै बढेको धारणा व्यक्त गर्दै सफलताका लागि हृदयदेखि धन्यवाद र बधाइ दिए । प्रधानमन्त्री दाहालले स्कटल्यान्ड र नामिबिया विरुद्ध जित हात पारेको टोलीका खेलाडीलाई जनही २ लाख पुरस्कार प्रदान गर्ने घोषणा गर्दै आगामी खेलका लागि पनि सफलताका निम्ति शुभकामना व्यक्त गरे ।

सदस्य–सचिव घिसिङले उत्कृष्ट जित हासिल गर्दै सारा नेपालीलाई खुशी पारेकोमा टोलीप्रति आभार व्यक्त गर्दै बधाइ दिए । उनले सम्माननीय प्रधानमन्त्रीज्यूले क्रिकेट टोलीसंग भेट गरी खुशी बाड्नु भएको आभार प्रकट गरे । कप्तान रोहित पौडेलले सम्माननीय प्रधानमन्त्रीज्यूले भेटरै बधाइ दिएको र खेलाडीको हौसला बढाएकोमा धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता