Logo

न्यू डायमण्ड सेमिफाइनलमा



काठमाण्डौं,फागुन ११ । आयोजक न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब समूह विजेता बन्दै बागमती प्रदेश न्यू डायमण्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पुरानो नैकापस्थित न्यु डायमण्डको निर्माणधीन कोर्टमा बुधबार भएको खेलमा ब्राइट फ्युचर मावि सलकपुर मोरङलाई २५–९, २५–११ र २५–९ को सोझो सेटमा पराजित गर्दै डायमण्ड समूह ‘ख’ को विजेता बनेको हो । डायमण्डले दुई खेलबाट ६ अंक बटुल्यो । ब्राइट फ्युचर र परोपकार आदर्श माविले अंकको खाता खोल्न सकेको छैन । अब बिहीबार यि दुईबीचको विजेता समूह उपविजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।

बुधबारै समूह ‘क’ को खेलमा एभरेस्ट मावि बुटवलले धादिङ स्पोर्ट्स क्लब धादिङलाई २५–२२, २५–१४ र २५–११ को सोझो सेटमा पराजित गरेको छ । यस जितले एभरेस्टले ३ अंक जोडेको छ । दुई खेलबाट धादिङको ३ अंक छ । अर्काे खेलमा नमोबुद्ध नगरपालिका काभ्रेले दुप्चेश्वर गाँउपालिका नुवाकोटलाई २५–१८, २५–२१ र २५–९ को सोझो सेटमा पराजित गरेको छ । यस जितसँगै नमोबुद्धले ३ खंक बटुलेको छ । दुई खेल खेलेको दुप्चेश्वरले अंकको खाता खोल्न सकेको छैन । प्रतियोगिता अन्तरगत बुधबार लिग चरणको चार खेलमा प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा एभरेस्ट र दुप्चेश्वर, दोस्रो खेलमा धादिङ र नमोबुद्ध, तेस्रो खेलमा परोपकार र ब्राइट फ्युचर तथा अन्तिम खेलमा एभरेस्ट  र नमोबुद्धबीच खेल हुनेछ । फागुन १३ गतेसम्म हुने च्याम्पियनसिपमा ७ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । राउन्ड रोविन लिग पछि हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

प्रतियोगिता आयोजना गराउनुको मुख्य उद्देश्य क्लबको निर्माणधीन खेल मैदान निर्माण सहयोगार्थ तथा जुनियर स्तरबाटै खेलाडी उत्पादनको लागि रहेको क्लबले जनाएको छ । प्रतियोगिताको विजेताले ५ लाख रुपैया, ट्रफी मेडल र प्रमाणपत्र हात पार्नेछ । दोस्रो हुनेले २ लाख ५० हजार, तेस्रो हुनेले १ लाख र चौथोले ५० हजार रुपैया प्राीत गर्नेछ । विधागततर्फ सर्वाेत्कृष्ट खेलाडीले २५ हजार र ट्रफी र उदियमान खेलाडीले १५ हजार रुपैया र ट्रफी पाउनेछ । उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान १० हजार रुपैया र ट्रफी प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता