Logo

६ जना चिकित्सकीय टोली सहित थप उपचारका लागि भण्डारीलाई भारत लगियो



काठमाण्डौं,फागुन ४ । नेपाली कांग्रेसका नेता तथा सांसद्‍ डा चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ। उनलाई अहिले एयर एम्बुलेन्समार्फत भारतको बम्बईको नेशनल वर्न सेन्टरमा लगिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बुधबार राती बुद्धनगरस्थित घरमा ग्यास पडकिएर घाइते भएका भण्डारीको कीर्तिपुर वर्न अस्पतालमा उपचार गरिएको थियो। कीर्तिपुरमा उपचार सम्भव नभएपछि उनलाई मुम्बई लगिएको हो।

भण्डारीको उपचार टोलीमा ६ जना चिकित्सकीय गरी ११ जना रहेकाछन्। उनको उपचार टिममा डा.प्रदीप तिवारी (क्रिटिकल केयर हेड), डा.बृहस्पति (एनेस्थेसिया एण्ड क्रिटिकल केयर), डा. रोशन शर्मा, (फ्लाइट डाक्टर इएमएस) सहभागी रहको मन्त्रालयले जनाएको छ। त्यस्तै दिनेश राई (प्यारामेडिक्स इआर), सागर महर्जन (प्यारामेडिक्स इआर) राज तामाङ (प्यारामेडिक्स इआर) र अन्य ५ जना उपचारमा सहयोगीपनि भण्डारीसँग भारत प्रस्थान गरेका छन्।

भण्डारी काठमाडौं बुद्धनगरस्थित घरमा बुधबार राति करिब साढे नौ बजे पुगेका थिए। घर पुगेको केही समयमा नै ग्याँस विस्फोट भएको थियो। आमा भान्सामा गएको बेला विस्फोट भएको र आमालाई बचाउन जाँदा भण्डारी पनि घाइते भएको बुझिएको छ। सांसद भण्डारीको अनुहार, दुबै हात र गोडामा आगोले पोलेको अस्पतालले जनाएको छ। राती एक्कासी ठूलो आवाजसहित विस्फोट भएर आमाछोरा जलेको देखेपछि माथिल्लो तलामा बस्ने उनका भाई र अन्य छिमेकीले उद्धार गरी आमा छोरालाई अस्पताल पुर्याएका थिए। उपपचारकै क्रममा उनकी आमाको आज बिहान मृत्यु भइसकेको छ।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेता भण्डारी गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता