Logo

प्रचण्ड नेतृत्वको सरकारको आयु राष्ट्रपतिको निर्वाचनसम्म : उपेन्द्र यादव



काठमाण्डौं,फागुन १ ।  जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको आयु राष्ट्रपतिको निर्वाचनसम्मका लागि हुनसक्ने बताएका छन् । कपिलवस्तुमा सोमबार आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले उक्त कुरा बताएका हुन् । ‘पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार इतिहासकै कमजोर भएकोले भरथेग होस् भनेर जसपाले समर्थन गरेको हो ।

तर गणतन्त्र, संघीयता र धर्म निरपेक्षता विरोधीहरुले सरकारलाई टिक्न दिने स्थिति देखिएन, राष्ट्रपतिको निर्वाचनसम्म सरकार ढल्ने सम्भावना देखियो,’ यादवले भने ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता