Logo

पारामाउन्ट र एन्जल्स हार्टको जित



काठमाडौं, माघ २९ गते । पारामाउन्ट र एन्जल्स हार्टले दोश्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार जित हात पारेका छन् ।

पारामाउन्टले ओडिसी इन्टरनेसनल एकेडमीलाई १६–१२ ले पराजित गर्यो  । पारामाउन्टको जितमा निरज प्याकुरेलले ३ अंक योगदान गरे । रुपेश पौडेलको ६ अंक सहयोमा एन्जल्स हार्टले आयोजक भद्रकालीलाई २७–१६ ले हरायो ।

सिनियर ब्वाइजमा सेब, एन्जल्स हार्ट, गोल्डेनपिक र ग्रिनल्यान्डले सफलता पाए । सेबले पञ्चायणलाई ३३–२८, एन्जल्स हार्टले जुगललाई २८–१०, गोल्डेनपिकले नेसनल युनाइटेडलाई ३५–१७ र ग्रिनल्यान्डले बागमतीलाई ४१–३० ले पाखा लगाए । सेबका विकास डंगोलले ११, एन्जल्स हार्टका हिमसागर पुनले १९, गोल्डेनपिकका दिनेश रापालले १९ र ग्रिनल्यान्डका प्रवीण गुरुङले १६ स्कोर गरे ।

सिनियर गल्र्समा ग्रिल्यान्डले जुगललाई १८–१० ले पन्छायो । ग्रिनल्यान्डका लागि प्रियंका मगरले ६ स्कोर गरिन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता