Logo

डिएभी अन्तर कलेज फुस्टल प्रतियोगिता सम्पन्न



काठमाडौं, माघ २३ । खेलकुदका माध्यमबाट विद्यार्थीमा अनुशासनको विकास तथा प्रतिभाशाली फुटबल खेलाडी तयार गर्ने उद्देश्यले डिएभी कलेजले आयोजना गरेको चौँथो डि.ए.भी.  कलेज +2 अन्तर कलेज 6 A side फुटसल प्रतियोगिता सम्पन्न भएको छ । गत शुक्रबार संस्थाका अध्यक्ष श्री अनिल केडियाको उपस्थितिमा भव्यताका गरिएको थियो ।

कलेजको आफ्नै फुटसल मैदानमा ३२ कलेजहरूका सहभागिता रहेको उक्त प्रतियोगितालाई कार्यक्रमका प्रमुख अतिथि ‘नेपाल तरुण दलका भू.पू. सभापति तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य श्री जितजङ्ग बस्नेतले समुद्घाटन गर्नुभएको थियो ।

उक्त समुद्घाटन कार्यक्रममा विशेष अतिथिका रूपमा एन्फाका महासचिव श्री किरण राई, नेपाल बास्केटबल एसोसिएसनका अध्यक्ष श्री भिमसेन गुरूङ्, एन्फा अनुशासन कमिटिका सदस्य श्री हेमराज राई, राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक तथा थ्रिस्टार क्लबका प्रशिक्षक श्री मेघराज के.सी र जावलाखेल युवा क्लब तथा ललितपुर जिल्लाका फुटबल प्रशिक्षक श्री नरेश थापाको उपस्थिति थियो ।

तीन दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगिता +2 तहको सबैभन्दा ठुलो धनराशिको प्रतियोगिता भएको दाबी कलेजका डाइरेक्टर श्री सुमन बस्नेतले गर्नुभयो । साथै उक्त प्रतियोगिताका विजयी टिमहरूलाई केडिया फाउन्डेसनका अध्यक्ष श्री अनिल केडिया तथा कलेजका डाइरेक्टर श्री सुमन बस्नेत बाट संयुक्त रूपमा विजेता टिम विनायक सिद्ध कलेज लाई रू ३ लाख नगद, ट्रफी र प्रमाणपत्र तथा उपविजेता टिम ओरियन्ट कलेज लाई रू २ लाख नगद, ट्रफी र प्रमाणपत्रका साथै उत्कृष्ट खेलाडी टाइम्स इन्टरनेशनल कलेजका अनिस तामाङ, उत्कृष्ट गोलरक्षक विनायक सिद्ध कलेजका अभिषेक तामाङ र उच्च गोलकर्ता विनायक सिद्ध कलेजका लाक्पा तामाङ लाई पनि जनही नगद रू.१५,०००, व्यक्तिगत ट्रफी र प्रमाणपत्र वितरण गरियो ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता