Logo

रास्वपाले बोलायो संसदिय समिति त केन्द्रीय समिति संयुक्त बैठक



काठमाण्डौं,माघ १९ । राष्ट्रिय स्वतन्त्र पार्टीले संयुक्त बैठक बोलाएको छ । रास्वपाले संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक डाकेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा दिउँसो ४:३० बजे बस्दैछ ।

रास्वपाका प्रवक्ता मुकुल ढकालले समसामयीक राजनीतिक परिस्थितिबारे थप निर्णय गर्न बैठक बोलाइएको बताए । ढकालले अन्नपूर्णसँग भने,‘गृह मन्त्रालयबारे छलफल गर्छौं । साथै समसामयीक विषयमा पनि कुरा गर्ने भन्ने छ ।’

रवि लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएपछिको आज बस्न लागेको संयुक्त बैठक पहिलो हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता