Logo

एतिहासिक तथा पर्यटकिय स्थल ॐ पार्कमा नयाँ सडक मार्ग जोडीयो



सिन्धुपाल्चोक,माघ १७ । एतिहासिक एवंम पर्यटकिय स्थल ॐ पार्कमा नयाँ सडक मार्ग जोडीएको छ । घिम्छे – ॐ पार्क सडक मार्ग जोडीएपछी सो स्थलमा अब चार वटा सडक मार्ग जोडीएको हो ।

बाह्रबिसे नगरपालिका भोटेकोसी गाउँ पालिकाको घिप्छे वार्ड नम्बर ४, बलेफी गाउँ पालिका र जुगल गाउँपालिका जोडिएको हो ।  त्यस्तै थगाम ,चप्लेटी, ओख्रेनी,याङ्लाकोट,घुडे,पाटिचौर सडक मार्ग पनि जोडीएको छ ।

ॐ पार्कमा नयाँ सडक मार्ग जोडीएपछी स्थानिए हौसिएका छन । “पर्यटकिय क्षेत्रको नामले चिनिएको ॐ पार्क मा चौतर्फी बाटो जोडीनु हामी स्थानियको खुशीको कुरा हो ।” एक स्थानियले बताए । अब यहाँ आन्तरिक र बाह्य पर्यटकलाई मोटर बाटो हुँदै आउन सहज र छोटो सडक बाटो हुनेछ ।

उक्त सडक मार्ग  प्रदेश सरकार र केन्द्र सरकारबाट यही आर्थिक बर्षमा बजेट बिनियोजन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता