Logo

कर्णालीको उपसभामुखमा माओवादी की यशोदा न्यौपाने निर्वाचित



सुर्खेत,माघ ४ ।  कर्णाली प्रदेशको उपसभामुखमा नेकपा माओवादी केन्द्रकी यशोदा न्यौपाने निर्वाचित भएकी छन् ।

बुधबार दिउँसो प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनको समर्थन पाएकी न्यौपानेले २४ मत पाएर निर्वाचित भएकी हुन् ।

४० सदस्यीय प्रदेशसभामा न्यौपानेलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा १४ मत पर्‍यो भने १ जना तटस्थ बसे । कालिकोटकी न्यौपाने समानुपातिक प्रणालीमार्फत सांसद बनेकी हुन् ।

न्यौपानेलाई माओवादी केन्द्रको १३, नेकपा एमालेका ९, एकीकृत समाजवादी र राप्रपाका एक/एक जना प्रदेशसभा सदस्यले मतदान गरेका छन् । कालीकोटकी न्यौपाने समानुपातिक प्रणालीमार्फत सांसद बनेकी हुन् ।

यसअघि आइतबार प्रदेशभाले एमालेकी नन्दा गुरुङलाई सभामुखमा निर्वाचित गरेको थियो । कर्णाली प्रदेशमा सत्ता गठबन्धनमा माओवादीले मुख्यमन्त्री, एमाले सभामुख र माओवादीले उपसभामुख लिने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता