Logo

मन्त्रालय भागबन्डा टुंग्याउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक



काठमाण्डौं,माघ २ । मन्त्रालय बाँडफाँटको टुंगो लगाउन सत्ता गठबन्धन दलहरूको बैठक बसेकोछ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाउने बताइएको छ।

बैठकमा पाँच दलका शीर्ष नेताहरू सहभागी छन्।  सरकारलाई समर्थन गरेका नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेता बैठकमा छैनन्।

पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिए पनि अहिलेसम्म मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्।

अहिले उनले तीन जनाको मात्रै जिम्मेवारी तोकेका छन् भने ४ जना बिना विभागीय मन्त्री छन्।

आजै प्रधानमन्त्री दाहालले बालकोट पुगेर उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए।

भेटपछि प्रधानमन्त्री दाहालले आजै मन्त्रालय बाँडफाँटको टुंगो लगाउने प्रतिक्रिया दिएका  थिए।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता