Logo

क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा



काठमाण्डौं,पौष २९ । बलात्कार आरोपमा थुनामा परेका क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएका छन् । उनलाई धरौटीमा छाड्न आदेश दिने उच्च अदालत पाटनले फौजदारी न्यायप्रणालीको शास्त्रीय व्याख्या र कानूनले परिकल्पना नगरेको व्यवस्था समेतका आधारमा आदेश गरेको देखिन्छ ।

बलात्कार आरोपमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । तर उनलाई २० लाख धरौटीमा छाड्न उच्च अदालत पाटनले गरेको आदेशमा मुलुकी फौजदारी कार्यविधि संहिता ऐनको कुनै पनि प्रावधान उल्लेख छैन ।

न्यायाधीशहरु ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने जिल्ला अदालतको आदेश बदर त गरे, तर सन्दीपलाई धरौटीमा छाड्ने आदेशमा कानूनी व्यवस्था उल्लेख गरेनन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता