Logo

डी.ए.भी. कलेजले डेढ लाख पुरस्कार राषिको प्रथम वी.सी.ए. फुटसल कप भव्य रुपमा सम्पन्न



ललितपुर,पुष २५ । ललितपुर स्थित डी.ए.भी. कलेजले सर्वाधिक, डेढ लाख पुरस्कार राषिको प्रथम वी.सी.ए. फुटसल कप पौष १४ देखि १६ गतेसम्म भव्य रुपमा सम्पन्न गरेको छ ।
डी.ए.भी. कलेजकै फुटसल ग्राउण्डमा आयोजना गरिएको उक्त टुर्नामेन्टमा काठमाण्डौँ, ललितपुर र भक्तपुर जिल्लाका बत्तीस बी.सी.ए. कलेजहरुको सहभागिता रहेको थियो ।
टुर्नामेन्टको उद्घाटन सत्रमा राष्ट्रिय टीमका पूर्वकप्तान श्री बिराज महर्जन, अन्डर—ट्वान्टी राष्ट्रिय टीमका प्रमुख प्रशिक्षक श्री मेघराज के.सी., डी.ए.भी. कलेजका अध्यक्ष श्री अनिल केडिया, डी.ए.भी. कलेजका एकेडेमीक डाइरेक्टर श्री सुमन बस्नेत र बी.सी.ए. कलेजका प्रोग्राम कोअर्डीनेटर श्री शशि भूषण चतुर्वेदी सहभागि भई खेलाडीहरुलाई हौषला प्रदान गरेका थिए ।
बी.सी.ए. कलेजहरु बिच नेपालमै प्रथम पटक आयोजना गरिएको बी.सी.ए. कप मेन्स ईन्टरकलेज फुटसल टुर्नामेन्ट २०२२ को ट्रफी नेपालय कलेज कलङ्की काठमाण्डौँले उचाल्न सफल भयो र एक लाख रूपैयाँ हात पा¥यो ।
त्यसैगरी रनर—अप स्थान हाँसिल गर्दै जय मल्टीपल क्याम्पस जोरपाटी काठमाण्डौँ ले पचास हजार रूपैयाँ सहित रनर—अप ट्रफी हात पा¥यो ।
विजेता र उप विजेता दुवै टोलीलाई मेडल सहित मेरीट सर्टीफीकेट र गीफ्ट ह्याम्पर द्वारा समेत सम्मान गरिएको थियो ।
यसैबिच पाष्कल कलेजका डिकेश पहरीले टप स्कोरर अर्वाड, नेपालय कलेजका सुजन राणाले बेष्ट पेल्येर अर्वाड र जय मल्टीपल क्याम्पसका सुजन के.सी. ले बेष्ट गोलकीपर अर्वाड जीत्न सफल भए ।
टुर्नामेन्टलाई भव्य एवं सभ्य रुपमा सम्पन्न गर्न एन्फा आबद्ध रेफ्रीद्वय उज्वल लिम्बु र शुक्र राज घलेको उल्लेखनिय योगदान रहेको थियो ।
टुर्नामेन्ट अबधिभर सहभागि कलेजका विद्यार्थी र शिक्षकहरु गरी करिब पाँच हजार दर्शकहरुको उपस्थिति रहेको थियो ।
उक्त प्रतियोगिता वीज्जी डीएभीएनस् ईभेन्ट क्लबको आयोजना र डी.ए.भी. कलेजको सर्मथनमा संचालन गरिएको हो ।
टुर्नामेन्टको संचालन विभागिय प्रमुख सुदिप अधिकारी, वीज्जी डीएभीएनस् ईभेन्ट क्लबका प्रेसीडेन्ट मिलीन शाक्य र भाइस—प्रेसीडेन्ट दिपेश शाक्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता