Logo

पुष्पकमल दाहाल प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री



काठमाण्डौं,पुष ११ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सोमबार साँझ तेस्रोपटक प्रधानमन्त्री बनेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुगेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका थिए ।

१० वर्षे लामो सशस्त्र द्वन्द्वलाई वृहत शान्ति सम्झौतामा टुंग्याएर देशमा गणतन्त्र ल्याउन मुख्य भूमिका खेलेका प्रचण्ड देशको ४४ औँ प्रधानमन्त्रीका रुपमा आइतबार तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएका थिए ।

एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका पार्टीको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन् । यसअघि उनी २०६५ र २०७३ मा प्रधानमन्त्री बनेका थिए । नयाँ संविधान जारीपछि उनी दोस्रोपटक प्रधानमन्त्री बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता