Logo

प्रधानमन्त्री दाहालसँगै तीन जना उपप्रधानमन्त्रीले पनि लिए शपथ



काठमाण्डौं,पौष ११ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले पद तथा गोपनियताको शपथ लिएका छन् । उनी नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री भएका छन् । सोमबार दाहालसँगै तीन उपप्रधानमन्त्रीहरुले पनि शपथ लिएका हुन् ।

नेकपा (एमाले) बाट विष्णु पौडेलले उपप्रधानसहित अर्थमन्त्रीको शपथ लिएका छन् । त्यस्तै, नेकपा (मओवादी केन्द्र) बाट नारायणकाजी श्रेष्ठले उपप्रधानसहित भौतिक पूर्वाधारमन्त्रीको शपथ लिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्रीको शपथ लिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता