Logo

तातोपानी गाउँपालिकामा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा तेस्रो परियोजना संचालन



जुम्ला,बैशाख २७ । जुम्लाको तातोपानी गाउँपालिकामा सहयात्रा तेस्रो परियोजना संचालन भएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग,किर्डाक नेपालको साझेदारी तथा पालिकाको समन्वयमा तातोपानीमा सहयात्रा तेस्रो परियोजना संचालन भएको हो । शिक्षा क्षेत्रमा सुरुदेखिनै प्रथामिकता दिदै आएको तातोपानीमा सहयात्रा परियोजना संचालन संगै शैक्षिक सुधार,विपन्न वर्गको उत्थान,जलवायू अनुकुलन,सुशासन लगायतका क्षेत्रमा काम गर्न बाटो खुलेको छ ।

पाँच वर्षे अवधिको उक्त परियोजनाले तातोपानीको शिक्षा,स्वास्थ्य,जलवायु परिवर्तन लगायतका क्षेत्रमा अनुमानित २० करोड बढी लगानी गर्ने छ । जस अन्तर्गत पहिलो वर्ष २०२४ का लागि करिब चार करोड (तीन करोड ९८ लाख) लगानीमा सहयात्रा तेस्रो परियोजना संचालन हुने सेभ द चिल्ड्रेनले जनाएको छ ।

परियोजनाले मुख्यगरी तातोपानीको शिक्षा,स्वास्थ्य,यौन तथा प्रजनन स्वास्थ्य,बाल अधिकार तथा संरक्षण,सुशासन,जीविकोपार्जन र जलवायू परिर्वतन लगायतका क्षेत्रमा काम गर्ने परियोजना प्रबन्धक कमल बहादुर महतले बताए । एक वर्षमा विनियोजित करिब ५ करोड बजेटबाट उल्लेखित पाँच शीर्षक अन्तर्गतका चेतनामुलक कार्यक्रम,तालिम,गोष्ठि, तथा उत्पादनमुलक विभिन्न गतिविधि संचालन गरिने छ ।
बुधबार तातोपानीमा आयोजित सहयात्रा परियोजनाको परिचयात्मक कार्यक्रममा सहभागी सरोकारवालाले परियोजनाले वितरणमुखी भन्दा उत्पादनमुखी काम नगर्नु पर्ने बताए । अन्य कार्यक्रम संग दोहोरोपना नहुने गरि संख्यात्मक भन्दा गुणात्मक कार्यक्रम र दिर्घकालिन महत्व राख्ने जस्ता कार्यक्रमलाई अघि बढाउन समेत सुझाव दिए । साथै परियोजनाका असल अभ्यासलाई निरन्तरता दिने र पालिकाले पनि ती क्षेत्रमा लगानी बृद्दि गर्न ध्यान दिनु पर्नेमा स्थानीयको जोड छ ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले सरकार एक्लैले मात्रै सबै क्षेत्रको विकास सम्भव नरहेकोले दातृ निकायको सहयोग आबश्यक रहेको बताए । लामो प्रयासपछि पालिकामा संचालित सहयात्रा परियोजना सफल बनाउन र प्राप्त उपलब्धीको रक्षा र असल अभ्यासको निरन्तरतामा थप लगानी गर्ने अध्यक्ष चौलागाईको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता