Logo

यसकारण ओली लाई साथ लिएर माओवादीले बनायो सरकार



काठमाण्डौं,पुष ११ । नवनियुक्त प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले अल्पमतको सरकार बनाउन खोजेपछि अर्को गठबन्धन बनाउनु परेको बताएका छन् ।

नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन छाडेर माओवादीले आइतबार एमालेसहितका दलसँग नयाँ गठबन्धन बनाएको छ र, प्रचण्ड प्रधानमन्त्री बनेका छन् ।

सोमबार बिहान बसेको पार्टी पदाधिकारीको बैठकमा प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए । कांग्रेस नेतृत्वको गठबन्धन बचाउन अन्तिमसम्म कोसिस गरेको, तर आफ्नै बचनमा टिक्न नसकेको उनले बताए ।

आइतबार बालुवाटारमा भएको वार्ताबारे जानकारी दिँदै उनले भने, ‘जसरी पनि ५ बजाउने र ठूलो दलको रुपमा सरकार बनाउन खोजेपछि अर्को गठबन्धनतिर जानु पर्‍यो ।’

राप्रपा र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गर्ने, तर सरकारमा सहभागी नहुने उनले जानकारी गराए । अरु दलसँग समग्र पावर शेयरिङबारे छलफल हुन बाँकी रहेको भन्दै प्रचण्डले नयाँ सरकारको यात्रा चुनौतीपूर्ण रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता