Logo

प्रचण्डलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई



काठमाण्डौं,पुष ११ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएका छन् । प्रचण्ड आईतवार प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

प्रचण्डले आज अपरान्ह ४ बजे शपथ लिने कार्यक्रम तय भएको छ। प्रधानमन्त्रीको शपथ लिनुअघि नै मोदीले प्रचण्डलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

मोदीले नेपाल र भारतबीचको सम्बन्ध सांस्कृतिक रुपमा मजबुद र जनस्तरमा पनि प्रगाढ रहेको उल्लेख गर्दै आगामी दिनमा अझ सम्बन्ध र दुई देशबीचको मित्रता बलियो बनाउने विश्वास दिलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता