Logo

पाल्पामा पृथ्वीनारायण शाहको पुर्णकदको शालिक स्थापना गरिने



काठमाण्डौं,मङ्सिर २८ । ठकुरी सहयोग संजालको पहलमा पाल्पाको रामपुरमा पृथ्वीनारायण शाहको पुर्णकदको शालिक राखिने भएको छ । ठकुरी सहयोग संजाल केन्द्रिय कार्य समितीले बैठक बसी उक्त सालीक राख्ने निर्णय गरेको हो ।

संजालका केन्द्रिय अध्यक्ष अजय मल्ल ठकुरीका अनुसार हुम बहादुर शाहीको संयोजकत्वमा ५ सदस्सिय निर्माण समिती गठन गरी आउँदो पुष २७ गते उक्त सालीक स्थापना गर्ने निर्णय गरिएको बताउनु भयो । सदस्यमा रामु शाही (युएई),रतन बहादुर चन्द,केशु शाही (कतार ),दीपेन्द्र सिंह ठकुरी (दक्षिण कोरिया),र साजन सिंह ( अस्ट्रेलिया) रहनु भएको छ ।

राष्ट्रनिर्माणमा पृथ्वीनारायण शाहको योगदान अतुलनिय मात्र नभई आजको परिस्थितीमा एकताको सन्देश दिन र नयाँ पिंढीलाई राष्ट्रभक्ती प्रति जागरुक गराउन उक्त सालीकको निर्माण गर्न लागिएको अध्यक्ष मल्लले बताउनु भयो ।

सालीक स्थापनाका लागि रामपुर नगरपालिकाले जग्गा उपलब्ध गराएको छ भने उक्त सालीक निर्माणमा ३ लाख ५० हजार लागत लाग्ने अध्यक्ष मल्लले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता