Logo

निजीक्षेत्रद्वारा पहिलो पटक सुविधासम्पन्न व्यवसायीक गोदाम तथा वितरण सेवा सुरु



काठमाण्डौं,मङ्सिर १७ । काठमाडौं वेयरहाउस एण्ड डिस्ट्रिब्युशन सेण्टरले निजी क्षेत्रको सहकार्यमा न्यून दरमा गोदाम, वितरण तथा अन्य सेवाहरु सञ्चालनमा ल्याएको छ ।

काठमाडौं वेयरहाउस एण्ड डिस्ट्रिब्युशन सेण्टर (KWDC) ले आज एक कार्यक्रमकाबीच नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (NEFFA) र नेपाल कुरियर सेवासंघ (COSAN) सँग समझदारी गरेको हो । समझदारी पत्रमा नेफ्फा तर्फबाट अध्यक्ष मनोज अधिकारी र कोसानका तर्फबाट अध्यक्ष देवेन्द्र खड्काले हस्ताक्षर गरेका छन् । ति संस्थाका सदस्यहरुलाई वेयरहाउजिङ, वितरण तथा व्यवसायिक सेवाहरु न्यून दरमा उपलब्ध गराइने काठमाडौं वेयरहाउस एण्ड डिस्ट्रिब्युशन सेण्टरले जनाएको छ ।

यस समझदारीले नेपालको वेयरहाउजिङमा नयाँ आयाम ल्याउने अपेक्षा गरिएको छ । यो समझदारीसँगै संस्थाका सदस्य कम्पनीहरुले तोकिएको न्यून दरमा गोदाम, वितरण तथा अन्य सेवाहरु उपयोग गर्न सक्नेछन् । शुक्रबार हस्ताक्षर गरिएको सो सम्झौतापत्रका अनुसार केडब्ल्युडीसीले संकलन गरेको शुल्कको केही हिस्सा साझेदार संस्थाहरुलाई फिर्ता गरिनेछ र जसबाट उनीहरुले विभिन्न विकासका कार्यहरु गर्न सक्नेछन् । यसले दुवै पक्षलाई लाभ मिल्ने अपेक्षा गरिको कोसानका अध्यक्ष देवेन्द्र खड्काले बताए ।

यो कम्पनी थानकोट चेकपोस्ट नजिकै नेपाल आयल निगम (NOC)  डिपो जाने सडकमा अवस्थित रहेको छ । हाल १२ रोपनी जग्गामा फैलिएको यो सेण्टरले प्रशिक्षित कर्मचारीहरूबाट श्रम सेवा, फोर्कलिफ्ट, क्रेन सुविधा, प्यालेटाइजेशन सेवा, हप्ताको सातै दिन चौविसै घण्टा सुरक्षा, रिसिभिङ, अनलोडिङ, लोडिङ, भण्डारण, प्रेषणलगाएत गोदाम–देखि–गेटसम्म ढुवानी सेवा प्रदान गर्ने जनाएको छ ।

सो सेण्टरको निर्देशकहरुमा किरण थापा, चिनपाल रौनियार, रोहित रौनियार, अञ्जिरमान प्रधान र दिनेश कुमार श्रेष्ठ रहेका छन् । काठमाडौँ, भक्तपुर र ललितपुर तथा काभ्रेलाई आधार मानेर यस प्रकारको गोदाम तथा वितरण केन्द्र स्थापना गरेको कम्पनीले जनाएको छ । यस्तै, यो सेवाले गोदाम तथा लोड अनलोडमा देखिएका समस्या समाधान गर्नमा सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ ।

 

केडब्ल्युडीसीमा उपलब्ध सेवाहरूः

– भण्डारण, लजिस्टिक तथा इन्भेण्ट्रि व्यवस्थापन

– सामानको परिमाणको आधारमा भाडा

– क्षेत्रको आधारमा भाडा

– खुद्रा सामानको आधारमा भाडामा

– बीमा र दाबी टुंग्याउनमा सहायता

– प्रशिक्षित व्यावसायिक कर्मचारी

– लोडिङ, अनलोडिङ, वेयरहाउसिङ र स्ट्याकिंग उपकरण र सुविधाहरू

– प्याकेजिङ, पुनःप्याकेजिङ र मूल्य अभिवृद्धि

– आंशिक वा पूर्ण डेलिभरी

– दिइएको मागनिर्देशन वा विक्रेताको आवश्यकताअनुसार भण्डारण र इन्भेण्ट्रि व्यवस्थापन

– आयात र निर्यातका लागि लिफ्टिङ र सिफ्टिङ सेवा

– चौबिसै घण्टा सीसीटीभीको निगरानी

– सामानको रियल टाइम अराइभल र डिस्प्याच

– डब्लयुएमएसको प्रयोगद्धारा बारकोडिङ र लेबलिङ

– स्टकको उपलब्धता र उत्पादन विवरणहरूको लागि डब्ल्युएमएसमा पहुँच -इन्भेण्ट्रि म्यानेजमेण्ट_

– इन्भ्वाइसको सफ्ट प्रतिलिपि अपलोड गर्न सकिने तथा डेलिभरी नोट डाउनलोड गर्न सकिने

– भीसीटीएस सेवा

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता