Logo

उपत्यकामा सिसो बढ्यो आज बर्षकै सबैभन्दा चिसो महशुस



काठमाण्डौं,मङ्सिर १५ । बिहीबार वर्षकै सबैभन्दा चिसो महशुस गरिएको छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन भएको छ। यो वर्षकै सबैभन्दा कम तापक्रम हो।

बुधबार काठमाडौंको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस थियो। जाडो बढ्ने क्रममै रहेकाले आउने दिनमा अझै चिसो बढ्ने मौसमविद् मानन्धरले जानकारी दिए। न्यूनतमसँगै अधिकतम तापक्रम पनि घट्न थालेको छ। काठमाडौंसहित देशभर नै चिसो बढेको छ।

बुधबार सबैभन्दा कम जुम्लाको तापक्रम माइनस २.८ डिग्री सेल्सियस थियो। प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा मौसम आंशिक बदली रहने मौसमविद् मानन्धरले बताए। बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता