Logo

छनोटलाई नेपाली घरको साथ



काठमाडौँ, मङ्सिर १४ गते । विश्व टेबलटेनिस च्याम्पियन्सीपको क्षेत्रीय छनोट साउथ एसियन रिजनल च्याम्पियन्सिप– २०२० का लागि अखिल नेपाल टेबलटेनिस संघ र नेपाली घरबीच बुधबार प्रायोजन सम्झौता भएको  छ ।

साउथ एसियन रिजनल च्याम्पियन्सिप मङ्सिर २२ देखि २५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजना हुनेछ । अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य र नेपाली घरका प्रबन्ध निर्देशक राजु श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्दै आदानप्रदान गर्नुभयो ।

सो सम्झौताअनुसार नेपाली घरले प्रतियोगितामा भाग लिने खेलाडीहरुका लागि खान, बस्नका लागि करिब ३ लाख रुपैयाँ बराबरको सहयोग गर्नेछ ।

अध्यक्ष चतुरानन्द राजवैद्यले नेपालीपन भएको होटल र प्रतियोगितास्थलको नजिक भएकोले नेपाली घरलाई चयन गरेको बताउनुभयो । नेपाली घरका प्रबन्ध निर्देशक श्रेष्ठले नाफानोक्सानभन्दा नेपाली खेलकुदलाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रायोजन गरेको बताउनुभयो । श्रेष्ठ नेपाल टेनिस संघका उपाध्यक्ष पनि हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता