Logo

आज सीताराम विवाह पञ्चमी हजारौं भक्तजन जनकपुरमा



जनकपुरधाम,मङ्सिर १२ ।  मधेस प्रदेश सरकारले सीताराम विवाह पञ्चमीको अवसरमा मंसिर १२ गते आज सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा पाल्ने श्रद्धालु भक्तजनहरुलाई शुभकामना व्यक्त गर्दै आज सार्वजनिक बिदा दिएको जानकारी गराएका हुन् ।

त्रेता युगमा माता सीता र भगवान श्रीरामको विवाह भएको स्मरणमा प्रत्येक वर्ष जस्तै यो वर्ष पनि जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी महोत्सव आयोजना गरिएको छ । विवाह पञ्चमी महोत्सव अन्तर्गत आज माता सिताको मटकोर विधिको तयारी गरिदैँछ । आज ऐतिहासिक गंगासागर पोखरीमा सिताको मटकोर गरिनेछ ।

आज जानकी मन्दिर परिसरमा सीता९राम स्वयंम्वर अर्थात् विवाह समारोह गरिनेछ । त्रेतायुगको झझल्को दिने उक्त विवाहमा नेपाल९भारतका लाखौं श्रद्धालु सहभागी हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता