Logo

के रवि अब बन्ने सरकारमा जालान् ? गठबन्धन गर्ने र देश बनाउने विषयमा पहिलो पटक बोले



चितवन,मङ्सिर १० । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेले आवश्यक परे आफ्नो पार्टी गठबन्धन गरेर अगाडि जाने बताएका छन् ।

शुक्रबार  चितवनमा विजय भएको प्रमाणपत्र बुझेपछि लामिछानेले देशको आवश्यकतालाई हेरेर पार्टीले थप निर्णय लिने बताए ।

उनले निर्वाचनमा आफूहरूले कसैसँग गठबन्धन नगरे पनि अब आवश्यकताको आधारमा गठबन्धन गरेर अगाडि जाने बताएका हुन्

यो पनि : यी हुन् ७० वर्ष नाघेका विजयी उम्मेदवार : आम निर्वाचन २०७९ को मतगणना जारी रहँदा अधिकांश क्षेत्रको मतगणना सार्वजनिक भइसकेको छ । यसले कुन दलको आकार कत्रो हुने र हैसियत के हुने भन्ने मोटामोटी चित्र देखाइसकेको छ ।

यस पटकको प्रतिनिधि सभामा २७ वर्षदेखि ८० वर्षसम्मका उम्मेदवार निर्वाचित भएका छन् । यहाँ ७० वर्ष नाघेका विजयी उम्मेदवारबारे चर्चा गरिएकाे छ ।
यस पटकको प्रतिनिधि सभामा नेपाल मजदुर किसान पार्टीका चित्रबहादुर केसी सबैभन्दा बढी उमेरका सांसद हुनेछन् । केसीले ८० वर्ष नाघिसकेका छन् । केसी बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् ।

दोस्रोमा  प्रधानमन्त्री शेरबहादुर देउवा छन् । उनी ७७ वर्षका भए ।  डडेलधुराबाट निर्वाचित भएका देउवा फेरि पनि प्रधानमन्त्रीको दौडमा देखिने प्रबल सम्भावना छ ।

अर्का ज्येष्ठ सांसद हुन् ध्रुवबहादुर प्रधान । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर २ बाट निर्वाचित प्रधान हाल ७३ वर्षका छन् ।  यस्तै नेकपा झापा ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ७० वर्ष पुगिसकेका छन् ।

रुपन्देही–४ बाट निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला ७२ वर्ष पुगे । उनी पनि यस पटकको प्रतिनिधि सभा निर्वाचनबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला ७२ वर्षीय पुगे । उनले पनि यस पटक मोरङ–६ बाट प्रतिनिधि सभा निर्वाचनमा जित हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता