Logo

कालिकोटबाट नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित



कालिकोट,मङ्सिर ९ । कालिकोटबाट प्रतिनिधिसभा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। शाहीले ८ हजार ६४ मतान्तरले नेकपा एमालेका नगीन्द्र शाही ‘नेशनल’ लाई पराजित गर्दै ‘ह्याट्रिक’ गरेका हुन् ।

वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका शाहीले २४ हजार ४७४ मत पाएका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्रले १६ हजार ४१० मत पाएका छन्। निर्वाचित शाही नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता