Logo

बलिउड गायक आदित्य नारायण झा नेपाल आउने



काठमाण्डौ,मङ्सिर ९ । बलिउड गायक आदित्य नारायण झा नेपाल आउने भएका छन् । उनले नेपाल आएपछि पशुपतिनाथको पनि दर्शन गर्ने बताइएको छ ।खास गरी उनी आगामी शनिबार १० मंसिर मा ठमेलको क्लब फ्यारेनहाइटमा आयोजना हुने ‘लाईभ कन्सर्ट’ मा आफ्नो प्रस्तुति दिन नेपाल आउने भएका हुन् । श्रेष्ठका अनुसार गायक झाले कन्सर्टमा भारतीय गीतसँगै नेपाली गीतहरू पनि प्रस्तुत गर्ने छन् ।

क्लब फ्यारेनहाइटमा गायक झाको कन्सर्ट हेर्नका लागि सोहि दिन क्लब फ्यारेनहाइट बाट टिकट लिन सकिने श्रेष्ठले बताएका छन् ।कन्सर्टका लागि आदित्य आज नेपाल आउन लागेका हुन् ।

सारेगमापा, एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शो होस्ट गरेर चर्चामा आएका झाले नेपाली फिल्म ‘कुसुमे रुमाल २’ मार्फत पाश्र्व गायकको रुपमा डेब्यु गरेका थिए ।आदित्य उदित नारायण झाका छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता