Logo

प्युठानमा एमालेका सूर्य थापा विजयी



प्युठान,मंसिर ८ । एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सूर्य थापा निर्वाचित भएका छन् । थापाले सत्ता गठबन्धनकी उम्मेदवार राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई ५ हजार २७४ को फराकिलो मतान्तरसहित थापा निर्वाचित भएका हुन् ।

थापाले ४१ हजार ११८ मत पाएर विजयी हुँदा पौडेलले ३५ हजार ८४४ मत पाइन् । थापा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्युठान इन्चार्ज हुन् भने पौडेल राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष हुन् । यो क्षेत्रमा २०७४ मा पौडेलले जितेकी थिइन् ।

यो पनि : चिसोबाट बच्न सावधानी अपनाउन अनुरोध:देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ ।
राति भने देशभर मौसम सामान्यतया सफा रहनेछ ।

शुक्रबार पहाडी भेगमा आंशिक बदलीको सम्भावना छ । पछिल्लो समयमा तापक्रम भने घट्दै गएको छ । महाशाखाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउ अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता