Logo

एमाले अर्को चुनावसम्ममा पार्टी नै रहँदैन : अध्यक्ष प्रचण्ड



काठमाण्डौं ,कार्तिक ३० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को चुनावसम्मा नेकपा एमाले पार्टीको रुपमा नै नरहने दावी गरेका छन् । पचण्डले अहिलेको निर्वाचनमा नेकपा एमाले तेस्रो पार्टी हुने र अर्को निर्वाचन सम्ममा पार्टी नै सकिने दावी गरेका छन् ।

एमाले अहिले तेस्रो पार्टी बन्न सक्ने भएपनि एमाले अर्को चुनावसम्म जाँदा एमाले रहला भन्ने आफुलाई लागेको बताए । अध्यक्ष प्रचण्डले केपी ओलीमाथि जनताले ७० वर्ष लडेर ल्याएको व्यवस्था उल्ट्याउन खोजेको आरोप लगाउदै जनताको अगाडी अपराध गरेँ भनेर कबोल गर्न र आत्मआलोचना गरेर राजनीतिबाट सन्यास लिन सुझाव दिएका छन् ।

उनले भने, ‘जनता अगाडी अपराध कवुल गर्नुस् । आत्मआलोचना गर्नुस् । र, राजनीतिबाट सन्यास लिएर बस्नुस् ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता