Logo

आफूले गर्न सक्ने कार्ययोजना लिएर आएकी छु : कुन्ती पोख्रेल



काठमाडौं,कार्तिक २८ । राप्रपाकी केन्द्रीय सदस्य तथा आगामी मंसिर ४ को आमनिर्वाचनका लागि काठमाडौं क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कुन्ती पोख्रेलले चुनाव प्रचारप्रसार अभियानलाई आक्रामक ढंगले अगाडि बढाएकी छिन् । काठमाडौंकी स्थानीयवासी कुन्ती पोख्रेलले लामो समयदेखि मतदातालाई घरदैलो तथा विभिन्न कार्यक्रममार्फत भेटघाट गर्दै आएकी हुन् । उनले निर्वाचन नजिकिँदै गर्दा आफ्नो प्रचार अभियानलाई अझ बलियो बनाउँदै आएकी हुन् । ‘मैले गर्न सक्ने कामको मात्रै एजेन्डा बनाएकी छु, त्यो पुरा गरेरै छाड्छु,’ पोख्रेल मतदातामाझ प्रतिवद्धता जनाइन् । ‘म चुनावका बेला जे पायो त्यहीं बोलेर जनता झुक्याउने, चुनावपछि क्षेत्र छोडेर कुलेलाम ठोक्ने व्यक्ति होइन’ उनले बताइन् । उनले जोड दिइन्, ‘

यसअघि धेरै उम्मेदवारले यस क्षेत्रका जनतालाई त्यसरी झुक्याउने गरेकाले आजित छन् । त्यसरी आजित भएका दाजुभाइ दिदीबहिनीहरुलाई थप दिक्दारी बनाउन चाहन्न । ‘त्यसकारण मैले क्षेत्रको आवश्यकता, जनताको चाहना अनुसार आफ्नो कार्ययोजना बनाएकी छु,’ पोख्रेलको स्पष्ट पारिन् । चुनावी एजेन्डा र समाजसेवामार्फत जनतामा घुलमिल गरिरहेकी कारण काठमाडौं २ का जनताबीच राम्रो छाप परेकाले पनि यसपालिको निर्वाचन उनको पोल्टामा जाने स्थानीयको बुझाइ छ । घरदैलो तथा प्रचारप्रसारका क्रममा मतदाताबाट पाएको वचनवद्धदाबाट पनि कुन्ती आफ्नो जितप्रति ढुक्क भएकी हुन् । भेटघाटका क्रममा यस क्षेत्रका मतदाता भन्छन्, ‘कुन्ती पोख्रेलले समाजसेवामार्फत पनि धेरै काम गरेकी छिन् । उनी जनसेवाका लागि पार्टीभन्दा माथि उठेर काम गर्ने नेतृ भन्ने लाग्छ । आगामी आमनिर्वाचनमा अन्यको तुलनामा पोख्रेलको आमर्षण बढेको छ ।’ त्यसैगरी जर्सिङपौवाका मतदाता भन्छन्, ‘पहिलाका उम्मेदवारले चुनावी आस्वासन अनुसार पटक्कै काम नगरेकाले ती दलका प्रतिनिधिहरुलाई यसपटक हामी मत दिनेवाला छैनौं, नयाँ एजेन्डा र अभियान लिएर राप्रपाकी कुन्तीजी आउनुभएको छ । उहाँले समाजसेवाबाट पनि हाम्रो क्षेत्रमा धेरै काम गर्नुभएको छ ।

अहिले सांसद बन्ने अभियानमा हुनुहुन्छ, त्यसकारण पनि हामी कुन्तीजीलाई मतदिनेवाला छौं ।’ त्यसैगरी संखरापुरका अर्का स्थानीय भन्छन्, ‘धार्मिक नगरी शंखरापुरमा कुन्तीजीले सालीनदीलाई पर्यटकीय गन्तव्यको आकर्षण बनाउने प्रतिवद्धता जनाउनुभएको छ । उहाँको एजेन्डा पनि धर्म, संस्कार, संस्कृति र हिन्दू राज्य भएकाले यसपटक हामी उहाँलाई जिताउने पक्षमा छौं ।’ थलीका स्थानीयसँग हाम्रा प्रतिनिधिले यो निर्वाचनमा कसलाई भोट दिने विचारमा हुनुहुन्छ भनेर प्रश्न गर्दा उनी भन्छन्, ‘अहिले नेपालमा अभिभावकीय नेतृत्वको खाँचो भएको छ, त्यसको लागि राजसंस्था आवश्यक छ । त्यो एजेन्डा राप्रपाकी कुन्ती पोख्रेलले बोक्नुभएकाले पनि हामीले उहाँलाई मत दिने निर्णय गरेका छौं ।’ लामो समयदेखि काठमाडौं क्षेत्र नं. २ मा धेरैजसो बाहिरका उम्मेदवारहरुले चुनाव जित्ने गरेका छन् । उनीहरुले अहिलेसम्म यस क्षेत्रको आवश्यक र जनताका जल्दाबल्दा समस्या समाधानका लागि कुनै पहल गरेनन् ।

‘यस क्षेत्रमा मनोहरा खोलाले कटान गरेको जमीनको संरक्षणका लागि हामीले धेरै नेताहरुसमक्ष कुरा राख्यौं । तर, समस्या समाधानका लागि कसैले पनि सुनेन् । यस क्षेत्रबाट पटक–पटक चुनाव जितेका माधवकुमार नेपाल देश प्रधानमन्त्रीसम्म हुनुभयो । तर, एकपटक पनि आफूलाई पटक–पटक मत दिने नागरिकको खुःख के छ ? भनेर बुझ्न एकपटक चासो देखाउनुभएन । यसपटक राप्रपाकी उम्मेदवार कुन्ती पोख्रेलले क्षेत्रको आवश्यकता र जनताको चाहना अनुसार काम गर्ने भन्नुभएको छ । उहाँ स्थानीयवासी र नयाँ युवा नेतृ पनि हुनुहुन्छ । राप्रपाको घोषणापत्र पनि मननीय छ । त्यसकारण हिजो एमाले, कांग्रेस र माओवादीलाई पार्टीको निष्ठा र सिद्धान्त सम्झिएर भोट हाल्नेहरु पनि कुन्तीको पक्षपमा देखिएका छन्,’ गोठाटारका स्थानीय बताउँछन् ।

उसो त गठबन्धनभित्रको व्यापक असन्तुष्टि र एमालेप्रति पनि जनआकर्षण नभएकाले अहिलेसम्म कुनै लाभको पदमा नपुगेकी र भ्रष्टाचारलगायत कुनै अनियमिततामा नमुछिएकी स्वच्छ छवि बनाएकी नेतृ कुन्ती पोख्रेलप्रति जनलहर ह्वात्तै बढेको हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता