Logo

सुन्धाराको एक होटेलमा पत्रकार सरोजराज अधिकारी झुण्डिएको अवस्थामा मृत भेटिए



काठमाण्डौं,कार्तिक २३ ।  सुन्धाराको एक होटेलमा उनी झु न्डिएको अवस्थामा मृत भेटिएका हुन् । अधिकारी गत कात्तिक २१ गतेदेखि सम्पर्कविहीन भएपछि उनकी श्रीमतीले खोजीका लागि महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएकी थिइन् । उजुरीपछि तत्काल खोजी कार्य अघि बढाइएकोमा होटलमा मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर, टेकुले जनाएको छ ।

प्रहरीले फोन ट्रयाकिङसँगै आफन्तलाई साथै लगेर होटलहरुमा समेत खोजतलास गर्ने क्रममा सिद्धार्थमा इन्ट्रि भएको देखिएको थियो।

त्यसपछि उनी बसेको होटलको कोठामा श्रीमतीसहित पुग्दा कोठा भित्रबाटै बन्द थियो। त्यसपछि प्रहरी र आफन्तले ढोका फोडेका थिए।

भित्र झु ण्डिएको अवस्थामा फेला परेका थिए। प्रारम्भिक रुपमा उनले आत्महत्या गरेको देखिए पनि अन्य हिसावबाट पनि अनुसन्धान भइरहेको एसएसपी बोहराले बताए।

अधिकारी क्राइम बिटका स्थापित पत्रकार हुन् । उनले लामो समय कान्तिपुर पब्लिकेसनअन्तर्गतको नेपाल साप्ताहिक र कान्तिपुर दैनिकमा काम गरेका थिए । विभिन्न अनलाइनमा समेत काम गरेका अधिकारीले पछिल्लो समय अपराधसँग सम्बन्धित विषयमाथि आफ्नै युट्युब च्यानलमार्फत विश्लेषण पस्किँदै आएका थिए ।

अधिकारीले चक्रब्यूहमा चन्द्रसूर्य, धम्बोझी, रुपबजारकी नोरा, जासुसीको जालो पुस्तक लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता