Logo

प्रचण्ड आज जुम्ला आउँदै , हुम्ला र कालिकोटको चुनावी सभालाई समेत सम्धाेन गर्ने



जुम्ला, कार्तिक २२ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले २२ कात्तिकमा साविककाे माथिल्लो कर्णालीका तीन जिल्लामा चुनावी सभा सम्बाेधन गर्ने भएका छन् । प्रचण्डले एकै साथ तीन जिल्लामा गठबन्धनको आमचुनावी सभा सम्बोधन गर्ने भएको माओवादी पार्टीका एक नेताले जानकारी दिएको छ ।

माओवादीका नेता मनऋषि धितालका अनुसार अध्यक्ष जुम्ला, कालिकोट र हुम्लामा चुनावी सभा सम्बाेधन गर्ने छन् । नेता धितालले प्रचण्ड बिहान ९ बजे सुर्खेत आउने छन् । सुर्खेतबाट जुम्लामा ९ः५० बजे आउने भएका छन् ।

यसैगरी, माओवादी अध्यक्ष प्रचण्डले जुम्लामा गठबन्धनको चुनावी सभा सम्बाेधन गरेपछि हुम्लाको सर्केघाटमा १०ः१० मा जाने तालिका छ । यसैगरी, सर्केघाटबाट हुम्लाको सदरमुकाम सिमीकोट हुँदै दिउँसो १२ः३० मा कालिकोट जाने तालिका छ ।

जुम्लामा गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा माओवादीका केन्द्रीय सदस्य गोमा कुँवर, प्रदेश (क) मा कांग्रेसका प्रदेश सभापति ललितजंग शाही र प्रदेश (ख)मा समाजवादीका पदम रोकाया उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता