Logo

हिमालयन टिभिको दादागिरी स्टेजमा काँग्रेस उम्मेदवारमात्र राखेपछि भयो लफडा



हेटौंडा,कार्तिक १९ । बागमती प्रदेशको राजधानी हेटौंडाबाट हिमालयन टेलिभिजनद्वारा आयोजित महासंग्राम कार्यक्रममा विरोध भएको छ ।
सातै प्रदेश चुनावी सन्देश महासंग्राम बहस अन्तर्गत शनिबार आयोजना गरिएको कार्यक्रममा विरोध भएको हो ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि माहोल निकै तातिएको अवस्थामा उक्त कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर–१ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार दीपेन्द्र चन्द ठकुरीले आफुले फ्लोर नपाएको भन्दै बिरोध गरेका हुन् ।

कार्यक्रम सुरु हुँदाहुदै प्रत्क्ष प्रसारण भइरहेकै समयमा उम्मेदवार ठकुरीले चर्किदै बिभिन्न उम्मेदवारहरुलाई अग्र स्थान दिएको र आफुहरुलाई स्थान नदिएको भन्दै आपत्ति जनाए ।
कार्यक्रम सञ्चालक राजेन्द्र बानियाँले उग्र नहुन आग्रह गर्दै सबैले बोल्न पाउने बताएका थिए ।
दलगत बहस गर्न आएको बताई रहेपनि उम्मेदवार ठकुरीले कार्यक्रम प्रस्तोतासंग नेपाली कांग्रेसका इन्द्र बहादुर बाँनिया पनि उम्मेदवार आफुपनि उम्मेदवार भएतापनि आफुलाई अग्रस्थान नदिएको भन्दै आक्रोसित भएका थिए ।

उक्त कार्यक्रममा उपस्थिति जनाएका बिभिन्न पार्टी दल र पार्टी प्रवक्ता र व्यवसायीहरुले संयता अपनाउनु भनिरहेपनि निरंकुश पत्रकारिता मुर्दाबाद भन्दै नारा लगाएका थिए ।

आफु लौरोको उम्मेदवार भएको उल्लेख गर्दै अत्यचारले सिामा नाघेकाले बिरोध गरेको भन्दै कार्यत्रम बाटका बाहिरीएका हुन् ।
कुर्सिका लागि लड्ने र गुन्डागर्दी सैलीमा केही व्यक्तीहरुले गरेको हर्ककतमा कार्यक्रम राकिन नहुने भन्दै कार्यक्रम यथावत राख्न उपस्थितहरुको आग्रह थियो ।

उपस्थितहरुको आग्रहमा कार्यक्रमलाई निरन्तर दिनुपर्ने भएपछि ग्राउण्ड जिरो अन्तरगर्त बहस भएको थियो । उक्त बहसमा उपस्थितहरुले मंसिर ४ गते पछिको बन्ने सरकारले विगतमा हुन नसकेको र अबका दिनमा गर्नुपर्ने कामका बारेमा धारणा राखेका थिए ।

यता पत्रकारिताका बारेमा बोलेका भनाइका विषयमा सामाजिक सञ्जाल फेशबुकमा हिमालय टेलिभिजनद्वारा आयोजित महासंग्रामको मात्रै विरोध गरेको र उपस्थित सम्पूर्ण पत्रकारहरुमा सम्मान गर्ने उम्मेदवार ठकुरीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता