Logo

महोत्तरीमा भएको झडप बारे मधेशी आयोगद्धारा छानबिन गर्न निर्देश



काठमाण्डौं,कार्तिक १२ । महोत्तरीको भंगहा-८ पडरियामा हिन्दु र मुस्लिम समुदाय बीच भएको झडपको सत्यतथ्य छानबिन गर्न मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले महोत्तरीका सिडियोलाई निर्देशन दिएका छन् ।

अध्यक्ष डा.दत्तले फोन सम्पर्क गरी सिडियो संग घटनाको बारेमा बिस्तृत जानकारी लिदै त्यहाँको अवस्था नियन्त्रण गर्न र शान्तिपूर्ण वातावरण मिलाउन निर्देशन दिएका छन् । अध्यक्ष डा.दत्तले सो झडपमा घाइते भएका पीडित र परिवारसंग भेटेर समेत घटनाबारे स्थलगत जानकारी लिएका छन् ।

बिहिबार भाइटिकाको दिन पडरिया बाट हिन्दु सम्राट सेनाले श्री राम को नारा लगाउदै र्याली निकाल्दा मुस्लिम समुदायका मान्छेहरुले ढुंगामुडा प्रहार गरेपछि अवस्था तनावग्रस्त बनेको थियो । अध्यक्ष डा.दत्तले संयमित भएर एक-आपसमा झडप नगर्न तथा सामाजिक सद्भावमा खलल नपुर्याउन सम्बन्धित सबै पक्षलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता