Logo

नवौं राष्ट्रिय खेलकुद अन्तरगत पौडी प्रतियोगितामा आर्मी च्याम्पियन



पोखरा, १ कात्तिक । नवौं राष्ट्रिय खेलकुद अन्तरगत पौडी प्रतियोगितामा आर्मी च्याम्पियन बनेको छ । आर्मीले २० स्वर्ण, ९ रजत र ७ कास्य सहित ३६ पदक जित्दै आर्मी टिम च्याम्पियन बनेको हो । एनआरएनए ९ स्वर्ण, ६ रजत र १ कास्य सहित १६ पदक सहित दोस्रो र एपिएफ ३ स्वर्ण, ४ रजत र ६ कास्य सहित १३ पदक सहित तेस्रो भयो ।

अन्तिम दिन आर्मीले चार स्वर्ण पदक जितेको छ । आर्मीले महिला ४ सय मिटर फ्रिस्टाइल दुवाना लामाले स्वर्ण जितेकी छन् । उनले ४ मिनेट ४३.९२ सेकेण्डमा पुरा गरीन् । पुलिसकी मिगन गुरुङले ५ मिनेट ४.३८ सेकेण्डमा दुरी पार गर्दै रजत पदक जितिन् । त्यसै गरी बागमती प्रदेशकी टिसा मर्हनले ५ मिनेट ७.३६ सेकेण्डमा पुरा गर्दै कास्य पदक जितिन् ।

त्यसै गरी पुरुष ४ सय मिटर आइएम एनआरएनका आशिष सापकोटाले स्वर्ण जिते । उनले ४ मिनेट ३५.३६ सेकेण्डमा पुरा गर्दै नयाँ कीर्तिमान समेत राखेका छन् । प्रदेश १ का प्रारम्भ भण्डारीले ५ मिनेट १२.०९ सेकेण्डमा पुरा गर्दै रजत पदक जिते भने एपिएफका सुरेन् बहादुर सिंहले ५ मिनेट १२.१५ सेकेण्डमा पुरा गर्दै कास्य पदकमा चित्त बुझाए ।

त्यसै गरी महिला १ मिटर बेष्टस्ट्रोकमा आर्मीकी दुवाना लामाले १ मिनेट १६.६३ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितिन् । उनले यो विधामा पनि नयाँ कीर्तिमान कायम गरेकी छन् । आर्मीकै उपस्ति मर्हजनले १ मिनेट २२.३९ सेकेण्डमा पुरा गर्दै रजत पदक जितिन् । नेपाल पुलिसकी अदिप्सा वैद्यले १ मिनेट २२.६७ सेकेण्डमा पुरा गर्दै कास्य पदक जितिन् ।

मंगलबार नै भएको पुरुष १०० मिटर बेष्टस्टोकमा प्रदेश १ का विकास कुमाले स्वर्ण जितेका छन् । उनले १ मिनेट ७.९३ सकेण्डमा पुरा गर्दै उनले कीर्तिमानी स्वर्ण जिते । त्यसै गरी आर्मीका नासिर हुसेनले १ मिनेट ८.४६ सकेण्डमा सक्दै रतज पदक जिते भने एनआरएनका आशिष सापकोटाले १ मिनेट ८.८० सेकेण्डमा सक्दै कास्य पदक जिते ।

अर्को खेलमा पुरुष २ सय मिटर बटरफ्लाईमा एनआरएनएका आशिष सापकोटाले २ मिनेट ९.४५ सेकेण्डमा पुरा गर्दै स्वर्ण जिते । उनले यो विधामा नयाँ कीर्तिमान समेत कायम गरेका छन् । आर्मीका अनुभव सुब्बाले २ मिनेट २६.६० सेकेण्डमा पुरा गर्दै रजत पदक जितेका छन् भने एपिएफका सुरेन्द्र बहादुर सिंहले २ मिनेट २७.४५ सेकेण्डमा पुरा गर्दै कास्य पदकमा चित्त बुझाए ।

अर्को खेलमा महिला ५० मिटर फ्रिस्टाइलमा एनआरएनका आस्ले सापकोटा डङगोलले स्वर्ण पदक जितेकी छन् । उनले २७.८९ सेकेण्डमा पुरी परा गरिन् । आर्की गौरीका सिंहले २८.२९ सेकेण्डमा दुरी पुरा गर्दै रजत पदक जितिन् भने २८.७९ सेकेण्डमा दुरीपुरा गर्दै आर्र्मीकै अनुसैया तन्डुकारले कास्य पदक प्राप्त गरेकी छन् ।

पुरुष ५० मिटर पुरुष फ्रिस्टाइलमा आमीका अलेकजेण्डर शाहाले २३.८७ सेकेण्डमा दुरिपुरा गर्दै स्वर्ण पदक जितेका छन् । त्यसै गरी पुलिसका शांखबहादुर रघुवंशीले २४.५३ सेकेण्डमा दुरीपुरा गर्दै रजत र एपिएफका तेन्जीङ नाम्दी रयान गुरुङले २५.८२ सेकेण्डमा पुरा गर्दै कास्यपदक जिते । ४ सय मिटर फ्रिस्टाइल रिलेमा आर्मीले स्वर्ण, प्रहरीले रजत र बागमती प्रदेशले कास्य पदक प्राप्त गरेको छ ।

पौडी प्रतियोगितामा आर्मी दुवाना लामाले ९ स्वर्ण, १ रजत सहित १० पदक जितेकी छन् भने आर्की नाजिर याया हुसेनले ७ स्वर्ण, २ रजत र १ कास्य सहित १० पदक जितेका छन् । एनआरएनका एस्लि सापकोटा डङगोलले ६ स्वर्ण, २ रजत सहित ८ पदक र आर्मीकी गौरीका सिंहले ५ स्वर्ण, १ रजत सहित ६ पदक जितेकी छन् । पौडी प्रतियोगितामा ५० स्वर्ण, ५० रतज र ५० कास्य पदकका लागि खेलाडीहरु प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता