Logo

प्याराग्लाइडिङ प्रतियोगिता मा ज्यान गुमाएका खेलाडी को हुन् ?



काठमाण्डौं ,कार्तिक १ ।  प्याराग्लाइडिङ खेलाडी निसिम थापा नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङतर्फ उपाधिका मुख्य दाबेदार थिए।

प्रशिक्षक एवं रेफ्री सुरेन गुरूङका अनुसार अन्य खेलाडीले भन्दा निसिमले धेरै मेहेनत गरेका थिए।

उडानका क्रममा दुर्घटनामा पर्थेनन् भने उनले नवौं राष्ट्रिय खेलकुदको उपाधि हात पार्न सक्थे। पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा शनिबार रेफ्री सुरेनले खेलाडीलाई प्याराग्लाइडिङको प्रशिक्षण दिएका थिए।

गण्डकी, बागमती, प्रदेश( १ नेपाली सेना, सशस्त्र प्रहरी बलबाट ४(४ जना खेलाडी प्रतियोगितामा सहभागी थिए।

कर्णाली प्रदेशबाट १ जना खेलाडीले पनि प्याराग्लाडिङमा भाग लिएका थिए।

प्याराग्लाइडिङमा जम्मा २५ जना खेलाडी सहभागी प्रतियोगितामा आइतबार निसिम आठौं नम्बरमा आएका थिए।
सोमबार र मंगलबार उडान सकेपछि प्याराग्लाइडिङको फाइनल हुन्थ्यो। रेफ्री सुरेनका अनुसार सबै खेलाडीको प्याराग्लाइडिङमा जिपिएस जडान गरिएको थियो। पाइलट उडेर कहाँसम्म पुग्ने जिपिएसमै प्वाइन्ट गरिएको थियो। खेलाडीका जिपिएस सिस्टममा राखेपछि रिजल्ट आउँथ्यो।

प्याराग्लाइडिङ प्रतियोगिता सुरू गर्नुअघि रेफ्री सुरेनले सबै खेलाडीलाई सराङकोटस्थित प्याराग्लाइडिङ टेक अफ गर्ने ठाउँमा लगे। त्यहीँ खेलाडीले पालना गर्नुपर्ने नियमबारे जानकारी गराए।
रेफ्री आकासमै उडिरहेका थिए तर निसीम खसेको आफ्नै आखाले देखेका रेफ्री सुरेन गुरुङ ले बाताए ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता