तिहारको भाइटीकाको शुभ साइत कति बजे ?
काठमाण्डौं,असोज ३१ । भाइटीकाको उत्तम साइत सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ । समितिले सोमबार विज्ञप्ति जारी गर्दै नेपालका लागि कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा सबैभन्दा उत्तम रहेको उल्लेख गरेको हो । त्यस्तै भारत, अमेरिका, बेलायत लगायतका देशमा फरक फरक समयमा उत्तम साइत रहेको समितिले जनाएको छ । तपाई कहाँबाट हेर्दै हुनुुन्छ यो तालिकामा हेरेर आफ्नो समयानुकुल टिका लगाउन सक्नुहुनेछ ।
यो पनि : यस वर्ष भक्तपुरको तलेजुमा तिहार कार्तिक ७ गतेदेखि तीनदिन मनाइने : यस वर्ष भक्तपुरको तलेजुमा तिहार कार्तिक ७ गतेदेखि तीनदिन मनाइने भएको छ । कार्तिक ७, ८ र ९ गते तिहार मनाइने भएको हो ।तिहार मनाउने विषयमा विवाद भएपछि आइतबार बसेको छलफलबाट कार्तिक ७, ८ र ९ गते गरी तीनदिन तिहार मनाउने निष्कर्ष निकालेको भक्तपुर तलेजुका मूल पुजारी नरेन्द्रप्रसाद जोशीले बताए ।७ गते लक्ष्मी पूजा, ८ गते म्ह पूजा ९गोवर्दन पूजा० र ९ गते किजा पूजा ९भाइटिका० गर्ने निर्णय भएको उनले जनाए । यो पटक कसैले ८, ९, १० त कसैले ७, ८, ९ र १० गते गरी तीनथरीका दिनमा तिहार मनाउने बताएपछि विवाद भएको थियो ।