Logo

सिट बाँडफाँटको टुंगो लगाउँदै एमाले र जसपाको गठबन्दन



प्रतिनिधिसभा र प्रदेश सभाको मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा नेकपा (एमाले) र जनता समाजवादी पार्टीबीच गठबन्धन हुने भएको छ । एमाले र जसपाले सिट बाँडफाँटको टुंगो लगाएका छन् ।

शनिबार बिहान एमालेका अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले सिट बाँडफाँटको सहमतिपत्रमा हस्ताक्षर गरेको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।

प्रतिनिधिसभामा एमालेले जसपालाई १७ सिट दिने भएको छ ।

तालमेल भएका क्षेत्रबाहेक दुवै पार्टीले उम्मेदवारी दिन सक्ने भनिएको छ । सहकार्य निर्वाचनपछि पनि रहने सहमतिपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता