Logo

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ प्रदेश सभा सदस्य समानुपातिक तर्फ लीला नेपाल सिफारिस



काठमाण्डौं, असोज १४। सिन्धुपाल्चोकबाट नेपाली कांग्रेसले समानुपातिक कोटामा प्रदेश तर्फ लीला नेपालको नाम राखेको छ ।

अन्य राजनीतिक दलहरुले यस अघी महिला नेता सांसद बनाए पनि नेपाली कांग्रेसबाट पहिलो पटक महिलाहरुको नाम सिफारिस गरेको हो ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ प्रदेश सभा सदस्य समानुपातिक तर्फ उनको नाम परेपछी जिल्लाका महिला कार्यकर्तामा एकखालको खुशी छाएको छ । पार्टिमा त्याग गरेकी महिलाले पहिलो पटक पार्टिले मुल्याङ्कन गर्दै नेपालको नाम सिफारिस गरेको भन्दै हौसिएका छन ।

गठबन्धनले जे निर्णय गरे पनि जिल्लामा नेपाली कांग्रेसको जित हुने कुरामा ढुक्क हुने देखिन्छ ।

मोहन बस्नेत नेपाली कांग्रेसका प्रभावशाली नेता हुन् । उनैको योगदान र क्षत्रछाँयामा राजनीति सिकेकी नेपाल यदी सांसद भईन भने बस्नेतको राजनीतिक यात्रामा महिला नेता कार्यकर्ता प्रति अर्को न्याय गरेको देखिन्छ ।

समाबेसीताको आधारलाई मध्यनजर गर्दै अहिलेको अवस्थामा स्थानिय निकाएमा कांग्रेसको जित हुनु र केन्द्रमा पनि कांग्रेसले आफ्नो बर्चस्व राख्न सके सिन्धुपाल्चोकमा नयाँ लहर आउने देखिन्छ ।

“सिन्धुपाल्चोक भनेको नेपाली कांग्रेसको ईतिहास बोकेको जुझारु नेता मोहन बस्नेत कै सकृयताले आजसम्म फरक अस्तित्व जोगाएको छ । तसर्थ गठबन्धनको बहानामा पार्टीले बस्नेत ज्यु लाई धोका दिन हुन्न र यस पटक कांग्रेसको अग्रतामा गठबन्धन चल्नु पर्छ । नत्र जिल्ला र गाउँका नेता कार्यकर्ताको मनोबल खस्कन्छ ।” नेपालले भन्नु भयो ।

एक प्रश्नको उत्तर दिदै “पछील्लो पटक मोहन दाईले जिल्लामा गरेको कामको मुल्याङ्कन होस् राष्ट्रिय राजनितिमा देखाएको योगदान संझदै उम्मेदवार चयनमा अन्यदललाई समर्थन गर्न नसकिने” कुरा पनि नेपालले जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता